कथा :  सानी 

१४ बैशाख २०७५

banner

           

 तिर्थ गुरुङ्ग 
           

मेरो सानै देखिको हितको साथी हो चोलाकान्त । उनैकी बहिनि हुन् सानी । अथवा हामी दुबैको प्यारी बैनी सानी।  बिगतका कैयौ तिहारहरुमा सानिकै हात बाट चोलाकान्त र मैले संगै भाइ टिका लगाएका थियौं। सानीले उनेकी सयपत्री फूलको माला गलामा लगाएर अनि निधारै उज्यालो हुने गरेर भाइ टिका लगाएर ओल्लो गाउँ पल्लो गाउँ  घुम्दा  सबैले हामीलाई भन्ने गर्थे कति सुहाएका तिमीहरुलाई ति सयपत्रीका माला र निधारका बुट्टे टिकाले ..., धेरै मेहनत गरेर उनेका रहेछन ति फूलका माला । सिरान घरका चश्मे बाले त यस्ता राम्रा माला र टिका लगाउन पाउने            तिमिहरुत  भाग्यमानि रहेछौ नि मुरदार हो .....समेत भन्थे।
           
आहा ... कति रमाइला थिए ति दिनहरु । समयको गति संगै ऋतुहरु परिबर्तन भए , सानी पनि कोपिला बाट फक्रेको फूलको हुन् पुगी।         हाकिम बाले  (चोलाकान्ताका बुबा एक उच्च स्तरीय सरकारी ओहदामा हुनुहुन्छ त्यसैले वहालाई सबैले  हाकिम बा भन्ने गर्छन ) सानिको बिबाह एक रास्ट्र  सेवकसंग गरिदिने निर्णय गर्नु भयो। दिनहरु आउने जाने क्रममा सानिको लगन जुरेको दिन पनि आगनमै आइपुग्यो।  धुमधाम पन्चे बाजाको रन्कोमा हामीले सानीलाई बिदाइ गर्यौ । आशिष दियौँ, तिम्रो भबिस्य राम्रो होस्, बैबाहिक जिबन फलोस फुलोस इत्यादी , इत्यादी।

साथै यो पनि भन्यौं बिबाह भएर गयौ भन्दैमा हामीलाई टाढाको नठान । माइतीको माँया तिमीलाई अटुट रहने छन् , मेरा आँखाहरु  त्यतिबेला रसाएका थिए । सानीले पनि घुम्टो भित्र बाट मतिर हेरर  बरर आँसु झारेकी थिइन् ,कति नरमाइला थिए ति क्षण। बिबाह भएर गईसकेपछि सानी ज्वाईं साहेब संगै दुइ -तिन पटक माइत आइ । कति खुसि थिईन तिनी त्यति बेला , रमाएर  फुरुक्क  हुन्थिन्।  केटा केटिनै त थिइन तिनी। जवाई साहबको जिज्ञासा राख्दा भन्थिन,  वहा सार्है राम्रा र मिलनसार हुनुहुन्छ , परिवारका अन्य पनि सार्है राम्रा मिलनसार छन , बाजे बजैलेत छोरीलाई जस्तै असाध्यै माया गर्छन मलाइ ।  उनले त्यसो भन्दा म ढुक्क भएको थिएँ ।
          
पछिल्लो पटक आउने बेलामा मैले जवाइ साहेब लाइ राम्ररी नियालेर हेरेको थिंए ।सफा खुलेका अनुहार , प्रस्ट बोली,  भलाद्मी स्वभाब हंसिलो मुहार , अनि मैले मन मनै भनेको थिए हाम्री सानी भाग्यमानीपो रहेछ गाँठे...। हामी संग कुराकानीकै सिलशिलामा जवाइंले भन्नु भएको थियो , देशमा जनयुद्द उत्कर्समा छन दाजी ..., रोल्पाको होलेरी, लिवाङ  आदि ठाउँहरुलाइ माओबादीलेका सेनाले आफ्नो आधार इलाका नै बनाएका छन , त्यसैले होला  मलाइ विभागले केहि दिनका लागि  त्यतै काजमा खटाएका छन ,करिब ३००जना हुनेछन मेरो नेतृत्वमा ।जवाइंले त्यसो भनि रहंदा चोलाकान्त र म निकै त्रसित भएका थियौं ।
          
जवाई साहेब भन्दै हुनुहुन्थ्यो  नेपालीले नेपालिलाइनै गोलि ठोक्नु पर्ने कस्तो संकट आयो यो देशमा , केहि साथीहरु भन्ने गर्छन जागिर  छाडेर जाउँ तर यो जागिरको बिकल्पमा अर्को जागिर केछर फेरी ? कति दुःख र कतिलाई ज्यु ज्यु गरेर पाएको जागिर चट्टै छाड्न पनि सकिएन...।           जवाईले तेसो भनि रहदा उनको निधारमा तिन गाँठो परेका थिए । जवाइंलाई चोलाकान्त र मैले होसियार हुन् सल्लाह दिएका थियौं ।
            
 दिनहरु आए गए चाडपर्वहरुमा सानीलाई नदेख्दा मन नरमाइलो हुन्थ्यो । तर अर्काको घरमा पुगिसकेकी चेलीलाई  पहिलाको  जस्तै हरेक चाडपर्बहरुमा कहाँ भेट्न सम्भब हुन्छर भनेर चोलाकान्त र म चित्त बुझाउने गर्थ्यौं । आज एका बिहानै चोला ले बोलाएर म चोलाको घर तिर लागें । उहा पुग्ना साथै आमाले (चोलाकान्ताकी आमालाई म पनि आमा  भन्ने गर्छु ) ला.. दुध खाउ माइला..., भन्दै चरेसका कचौरा भरि दुध ल्याई दिनु भयो । एउटा राम्रो बिदेशी पेन पनि मेरो हातमा राखिदिनु भयो ।

पेन देखेर म छक्क परें र सोधें आमा यो के नि ? आमाले हास्दै भन्नु भयो , हाकिम बा (हाकिम बाको कार्यालय काठमाण्डौ मै  भएको 
कारण वहा उतै बस्नु हुन्छ ) सरकारी कामले विदेश जानु भएको थियो रे उता बाट आउनु हुँदा तिमि र चोला लाइ एउटा - एउटा 
पेन र सानीलाई छाता ल्याई दिनु भएकोले उ पर घले गाउँका माने मास्टर संग पठाई दिनु भएको रहेछ । मैले खुसि हुँदै पेन समातें ।

ला.. यो पनि सानीले तिमि र चोलाकान्त्लाई एक एक वटा पठाई दिएकी रहेछ भन्दै आमाले राम्रा ढाका टोपी मलाइ दिनु भयो । 
मैले आफ्नो प्यारी बहिनिले पठाई दिएकी टोपी खुसि हुँदै समातें ।  चोलाकान्त र मैले सानीले पठाई दिएकी ढाका टोपी लगाएर फोटो पनि खिच्यौं । यसरि ढका टोपी लगाएर फोटो खिची रहंदा पल्ला घरकी ठुल्दिदीले भन्दै थिईन ओहो ... ति ढाका टोपीले कति सुहाएका यी दुइ दाजु -भाइ लाइ ... , भर्खरै बासेका मुर्गाका भाले जस्तै देखिन्छन दुबैलाई ...। ठूलदिदिले तेसो भनिरहँदा त्यहाँ हाँसोको फोहोरै उठेका थिए । यसरि सानीले पठाएकी ढाका टोपीले माइती र चेलीको माँया झन् झन् गहिरिदै थियो ।

चोलाकान्ताको  घरबाट फर्केर घर पुग्दा  दिन ढलेर रातको आगमन भैसकेका थिए । खाना खाइवरी ओछ्यानमा  पुग्दा  रातको झन्डै १०  बजिसकेका थिए । हाकिम बाले पठाइदिनु भएको पेनलाई बन्द गरेर बाकसको एउटा कुनामा राखें , भने सानीले पठाई दिएकी ढाका टोपीलाई प्लास्टिकमा बन्द गरेर बाकसमा थन्काएं ।

ओछ्यानमा पल्टिएर सोच्दै थिएँ , भोलि बिहान बजारमा गएर सानिका लागि केहि समान खरिद गरेर पठाई दिनु पर्ला , नत्र सानीले  फेरी माइलाले पैंचो पनि तिरेनन, मलाई बिर्सेछन भन्लान , मन खिन्न गर्लान अरु पनि के के सोच्दै गर्दा म त  भुसुक्कै निदाएछु । 

निन्द्रामा मैले हाम्रो घर छेउकै ढिस्को भास्सिएको सपना देखें । झस्किएर बिउंझिए , भितामा झुन्डिरहेका भिते घडी हेर्दा  बिहानको २:१५ बजिरहेको थियो । यो सपनाले मलाइ केहि अशुभ संकेत दिएको महसुस भैरहेको थियो , किनकि उखु बारीका  पण्डित बाले केहि महिना पहिला सपनाको फल सुनाउने क्रममा भन्नु भएको थियो , सपनामा पहाड , ढिस्को भासिएको देखेमा  अशुभ संकेत हुन् , यस्तो सपना देख्ने मानिसको ठुलो हानि नोक्सानी होला , या नजिकका आफन्तकै ज्यान तलमाथि हुन् सक्छ । मलाइ यस कारणले पनि डर लाग्योकी ति उखुबारिका पण्डित बाले बोलेका कुराहरु प्राय मिल्ने गर्छन , सबैले यहि भन्छन ।

पण्डित बाले भन्नु भएको सपनाको फल र मैले देखेका सपनाको तुलना गरें , मन भित्र कता -कता भय जागेर आयो । सबै घर परिवार ,आफन्तहरु लाइ सम्झें , र भगवानलाई पुकारें कसैलाई पनि केहि नहोस भगवान ...। ओछ्यानमा पल्टिएर फेरी निदाउने प्रयास गरें तर पटक्कै निद्रा लागेन ।

बाहिर गएर सपनामा भास्सिएको देखेको घर नजिकैको  ढिस्कोलाई नियालेर हेरे ,ढिस्को उस्तै थियो  , सडक सुनसान थियो , बाटामा 
मानिसहरुको आवत - जावात सुन्य थियो , बाटाका बिजुलीका खम्बाहरु मौन उभिरहेका थिए , माथि सफा निला आकाशमा  जुन तारा  उदाइरहेका थिए , र समय - समयमा गुन्जी रहने हुचिल चराको हुँ हुँ  ....हुँ हुँ ...आवाजले  मौन बाताबरणलाइ भयवित बनाई दिन्थे । बाहिरको चिसो हावा बाट आएर फेरी ओछ्यानमै पल्टिरहें ।बिहानी पाख कति बेला भुस्सकै भएछु , आमाले खाजा   खानको लागि बोलाउनु हुदा पो झल्यास्स भएँ  ।

शरीर भारि भैरहेको थियो , मन नलागी -नलागी मुख धोएर खाजा खानको लागि आमाको छेउमा के बसेको मात्र  थिएँ आमाले झस्केर पर हेर्नु भयो र भन्नु भयो को हो त्यो तोर्मे जस्तो हतारमा यता दौडिदै आइरहेको ? मेरो मनमा  राति देखेको सपना को भय थियो नै म झन् भयवित भएर उतै हेरें , न भन्दै तोर्मे दाइ हतारिदै दौडेर हाम्रै घर तिर  आइरहेका थिए।  तोर्मे दाइ घरको आगनको डिलमै आइपुगेपछि मैले आतिदै सोधे के भयो र तोर्में दाइ एकाबिहानै दौडेर अतिदै  यसरी आउनु भएको ?
तोर्मेले ३/४ पटक लामो -लामो सास फेरे र भने , ओहो .... ओहो ....खतम  भएछ खतम ...माइला बाबु ,धेरै नराम्रो  खबर छ । सानी नानीका श्रीमान  हुनुहुन्न्ररे   .....  माओबादी र सुरक्षा फौजको लडाइंमा जवाइंको मृतु भएको रे .. सानि नानि वहा बेहोस हालतमा छन रे , चोलाकी आमाले भन्नु भएको तपाईं र चोलाकान्त गएर सानी लाइ यहाँ लिएर  आउने रे झट्टै ..।

यो अशुभ खबरले म स्तब्ध  स्तब्ध भएँ । शरीर गलेर लल्याक लुलुक भयो , तोर्मेदाई लाइ मधुरो देख्न थालें , मान्छेहरु  झुम्मिएर खैला बैला गर्न थाले , नजिकै बोलिरहेका मान्छेहरुको आवाज पनि मलाई कता -कता टाढा बाट आइरहेको  अनुभूति भैरहेको  थियाे। मनभित्र  असहय पिडा भएपनि आफुलाई सम्हालेर म चोलाकान्तको घर तिर दौडिएँ ।

चोलाकानता को घरमा ठुलो रुवाबासी चलिरहेका थिए । त्यहाँको बिलौना देखेर यस्तो लाग्थ्यो , सिंगो धर्ति माता  रोइरहेकी छे । मेरा आँखाका ओरि परि  जवाइका हंसिलो मुहार फनफन्ती नाचिरहेका थिए । सानीलाई हामीले माइत (चोलाकान्ताका घर  ) ल्यायौं । उनको  उडेको मन अडिन्छ कि भनेर,  किनकि माइतीको  देश ( आफु जन्मे हुर्केको गाउँ , ठाउँ )चेली बेटिलाई प्राण भन्दा पनि प्यारो लाग्छ भन्छन , माइती आउन पाउँदा  मनका हरेक पीरहरु बिर्सन्छन  भन्छन ।

सानिको बिलौनाले त्यहाँ उपस्थित सबैका आँखामा रसाएका थिए । उनि आफ्ना स्वर्गीय पतिका  तस्बिरमा सिन्के धुप बाल्छे , आँसुका धारा बगाँउछे  , पतिका नाम लिएर अर्ध बेहोस अबस्थामा घर भित्र बाहिर हुन्छे , साच्चैनै त्यो दृश्य अतिनै कारुणिक थिए । उनको त्यो बिलौनाले मेरो मन  छिया -छिया भैसकेका थिए , मैले मेरा आँखाका आँसुलाई पुछेर उनि नजिकै गएँ र भने नानि .... सानी..... धर्य गर्नु पर्छ , आफुलाई बलियो बनाउनु पर्छ , आफुलाई यस्तो हालत बनाउने होइन , आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु पर्छ , हामीले बिलौना गरेर वहा फर्केर आउनु हुने 
पनि होइन , हामि छौ नि तिम्रो साथमा ...। 

सानीले उदास अनुहारमा म तिर हेरी र बरर...  आँसु खसालिन , र भन्न थालिन महिला दाइ मलाइ थाहा छ वहाँ  हामि बाट धेरै टाढा पुगीसकेकाछ्न , अब खोजेर भेटिने पनि होइन , प्रतिक्षा गरेर फर्केर आउने पनि होइन तर यो बिछोडको घाउको  पिडा असह्यय हुँदो, रहेछ यो घाउको पिडा घरि घरि बल्झिएर उत्कर्षमा पुग्छन  ।

सानीले आँखा बाट अविरल झारिरहेका आँसुलाई आफ्नो गला बाट झर्ने लागेका पछ्यौरीले पुछिन , केहि सोचे जस्तो गरिन र भनिन  अबका मेरा झरेको पातझैं भएका जिन्दगीका पाइला कसरि अगाडी बढछन मलाई थाहा छैन , तिमीहरु सबैले मलाई हेर्न पर्छ है माइला .....। मैले सानिको हात जोडले समाएर भने सानी..तिमीलाई हामि हेर्छौं , किन नहेर्ने तिमि कति पनि पिर नगर , तिमिलाइ हेर्ने  हामि माइतीको दायित्व हो ....., मैले यसो भन्दै गर्दा उनि बेहोस भैसकेकी थिई ..... ।

                                                                                           

Leave a reply

HTML Tags are not supported

Post My Comment »