मंगलबार ८ सयले बढ्यो सुनको मूल्य, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

डिसी नेपाल
१० फागुन २०७८ १०:३०

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य बढेको छ। मंगलबार छापावाला सुनको मूल्य प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छ।

सोमबार प्रति तोला ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर प्रति तोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुन ९६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको प्रति तोला १ हजार ३ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको मूल्य १५ रुपैयाँले वृद्धि भएको हो। मंगलबार सुन प्रति तोला १ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ८३ हजार १ सय ६० रुपैयाँ रहेको छ भने प्रति १० ग्राम चाँदीको मूल्य १ हजार १ सय २७ रुपैयाँ ५ पैसा कायम भएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *