टाउकोबाट तीर वारपार भएपनि जिउँदो घुमिरहेको यी हरिणहरुका वास्तविकता के हो?

१८ बैशाख २०७५

banner

एजेन्सी । समान्यतया एउटा हरिणको शरीरमा तीरले वारपार हुने गरी प्रवेश गरेको खण्डमा उक्त हरिण घाइते भएर ढल्छ । तर अमेरिकाको एउटा राज्य ओरिगनस्थित एउटा शहर छ(पोर्टल्याण्ड । यो पोर्टमा एउटा हरिणलाई तीर लागेको छ । तर यो हरिण आरामले डुल्दै गरेको देख्न सकिन्छ ।

ओरिगनको फिश एण्ड वाइल्डलाईफ डिपार्टमेन्छ अर्थात् वनविभागका कर्मचारीलाई कसैले जंगलमा केही हरिणहरु घुमिरहेका छन् जसको शरीरमा तीर रोपिएको छ भन्ने कुराको जानकारी गरायो । यस्तो अवस्थामा पनि हरिण जिउँदो छ ।

वास्तबिकता पत्ता लगाउन विभागका केही कर्मचारीहरु जंगलमा पुगे । विभागका कर्मचारीले दिनको समयमा कुनै पनि हरिण यस्तो अवस्थामा भेटेनन् । तर, विभागका दुई सुरक्षा अधिकारीका अनुसार सांझमा उनीहरुले दुई वटा यस्ता हरिणहरु देखे, जसको शरीरमा तीर रोपिएको थियो । उसो त तीरले बनाएको घाउ ज्यानै लिने खालको थिएन । संभावना के पनि गरिएको छ भने जंगलमा दुई भन्दा बढी घाइते हरिण हुनसक्छ ।

ओरिगन प्रहरीले सार्वजनिक गरेको तस्बिरमा देखिएको हरिणको घाँटीमा तीर रोपिएको छ तर यी हरिणहरु शान्त स्वभावका देखिन्छन् र स्वभाविक व्यवहार गरिरहेका छन् । दोस्रो हरिणको मुहारमै तीर रोपिएको छ उसको आँखाको ठ्याक्कै तल्लो भागमा ।

यो तस्बिरमा देखिएको हरिण पूर्ण रुपमा सामान्य देखिएको छ। प्रहरी चाहान्छ यो हरिणलाई समातेर यसलाई ट्याङ्कुलाईज अर्थात् अचेत बनाएर तीर निकल्न ।

तर अहिले सम्म यो कार्य संभव हुनसकेको छैन । हरिणको शरीरमा ट्याङ्कुलाईज पुर्याउन कम्तिमा पनि ३० मीटरको दुरी आवश्यक पर्छ । किनकि हरिणलाई अचेत बनाउन प्रयोग गरिने औषधी कुनै हतियार वा सिरीन्जको प्रयोगले पुर्याउनु पर्ने हुन्छ अनि मात्रै यसको असर हरिणमा देखिन सकछ । तर जंगली हरिणसँग यस्तो कार्य गर्न गाह्रो छ । किनकी यसलाई समात्न त्यति सजिलो छैन ।

अव राज्यको वन विभागले हरिणलाई यस्तो अवस्थामा पुर्याउनेको बारेमा जानकारी दिनेलाई पुरस्कारको व्यवस्था दिने घोषणा गरेको छ । सुरुमा ५०० डलर दिने व्यवस्थालाई अव थप १५०० डलर सहित २००० डलर पुरस्कारको व्यवस्था गरिएको छ । जसले यो हरिणलाई घाइते गर्नेको बारेमा जानकारी दिन्छ उसलाई २००० डलर अर्थात् नेपाली रुपैयाँ करिव दुई लाख १० हजार दिने निर्णय गरेको छ ।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »