एसएसपी दिवेश लोहानी लगायत प्ररीका ७ जना अधिकारीसहित ६३ जनाविरुद्ध मुद्दा दर्ता

१९ बैशाख २०७५
banner

विराटनगर । राप्रपा नेता भुजुङ गुरुङ, पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल लगायत बुधबार ६३ जना बिरुद्ध मुद्धा दर्ता गरिएको छ ।

३३ केजी सुन प्रकरण र सनम शाक्य हत्या अभियोगकोमा ६३ जनाविरुद्ध जिल्ला अदालत, मोरङमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

पक्राउ परेका ७ प्रहरी अधिकारीसहित अन्य २८ जना र अन्यलाई फरार अभियुक्त बनाएर मुद्दा दर्ता भएको हो । अदालतका श्रेस्तेदार नवराज दुलालले अपहरण, कर्तव्य ज्यान र संगठित अपराध अन्र्तगत मुद्दा दर्ता गरिएको पुष्टि गरेका छन ।

बहालवाला प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहानीसहित पूर्वडीआईजी गोविन्द निरौला, एसपी विकासराज खनाल, डीएसपीद्वय प्रजित केसी, सञ्जय राउत, सई बालकृष्ण सन्जेल र जवान विष्णुबहादुर खड्काविरुद्ध संगठित अपराध सम्बन्धी मुद्दा दर्ता भएको छ ।

त्यस्तै, विमानस्थलका कर्मचारी लालबहादुर मगर, हेमन्त गौचन, वीरेन्द्रमान श्रेष्ठ, सम्बिर तोलाङ्गे, बालकृष्ण श्रेष्ठ, दोरम खत्री, कपिलराज पुरी, गोपाल श्रेष्ठ, पुण्य लामा, राजन थापा, राजु महर्जन, अमर डंगोल, तुलाराम थारू, व्यापारीहरु महावीर गोल्यान राजेन्द्रमान शाक्य र राप्रपा नेता भुजुङ गुरुङविरुद्ध पनि संगठित अपराधमा मुद्दा दर्ता भएको छ ।

मोहन कार्की, एकराज मल्ल, नरेन्द्र कार्की, लाक्पा शेर्पा, माधव भन्ने मोहन घिमिरेलाई कर्तव्य ज्यान र संगठित अपराध मुद्दा चलाइएको छ । सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरे भने अझै फरार छन् । उनी भारतमा लुकेर बसेको हुन सक्ने आशंका गरिएको छ ।

मुख्य अभियुक्त उप्रेतीलाई सङ्गठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दा दायर गर्नेछ भने अन्य पक्राउ परेका २८ जनालाई छुट्टाछुटै मुद्दा दर्ता गर्नेछ । बहालवाला र पूर्व गरी ६ प्रहरी अधिकारी, तीन व्यापारी, सनम शाक्य हत्यामा जोडिएका ६ प्रतिवादी र विमानस्थलमा कार्यरत १३ प्रतिवादीविरुद्ध मुद्दा दर्ता गराउन लागिएको हो ।

गत फागुन १८ गते सुन तस्करको समूहले भरिया सनम शाक्यको मोरङको उर्लाबारीमा हत्या गरेको थियो ।

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।