गिता खत्रीको अन्त्यहिन ईच्छा  

२२ बैशाख २०७५

banner

गिता खत्रीको अन्त्यहिन ईच्छा  

बिष्णु सिंह (बैजु)

गिताकारा, कथाकारा, नर्तकी, कवियत्री बहु-प्रतिभाकी धनी पुर्व अनेसास केन्दिर्य अधक्ष्य गिता खत्री साहित्यको क्षेत्रमा राम्रो परिचित नाम हो ।  सबैले चिनेकी सराह्ना गरिएकी गिता खत्रीको हालै बजारमा आएको नया कृती (अन्त्यहिन ईच्छा) कथा संग्रह्ले स्वदेस र  बिदेशमा रहेका नेपालीहरुलाई बिदेशी बैज्ञानिक अविष्कारको असर  वा प्रभावबाट  आफ्नो नेपाली मौलिकता, संस्कृति, परंपरालाई कसरी बचाउने र आफु कसरी बच्ने भन्ने गह्न सवाल उब्जाएकोछ। लेखिकाले अमेरिकी परिवेश वा परिप्रेक्ष्यमा घटित घटनाहरुलाई १७ ओटा कथाको रुप दिएर यो कथा संग्रह पुस्तक तयार पारेकी छिन । केहि बर्ष पहिले उनको (झोखाङाग देखी मझाटलान सम्म) नियात्रा समिक्षा गर्ने अवसर पाएको थिए । तेतिबेला उनि श्रीमान रामको छाया बनी तिब्बतको झोखाङाग पुगेको बुझेको थिए। अहिले (अन्त्यहिन ईच्छा) कथा पढे पछी उनि मेक्सिकोको मझाटलान पुगेको बारे पनि बुझियो ।

हामिले भारत्, दार्जलिङ्, आसाम्, बर्मा बिभिन्न क्षेत्रका नेपाली लेखकहरुको उपन्यास्, क्था र अन्य कृतीहरु पढेका छौ । तीनमा त्यही स्थानको सुगन्ध झल्कने भाषा तथा अभिब्यक्तिह्ररु पाउदछौ, र त्यसले स्थान बिशेसलाई  प्रतीधित्व गरेको पनि महशुस गर्दछौ । तर यस अन्त्यहिन ईच्छा नितान्त अमेरिकि परिवेश वा परिप्रेक्ष्यमा लेखिएकोले, लेखिकाले आफुले अनुभुत गरेकी बिषय बस्तुलाई आफ्नै जन्म थलो काठमाण्डु शाहर र अलि पर रहेको गाँउ-ठाउमा प्रयोग हुने भाषा शैलि, थेगोहरु प्रयोग गरेकी छिन, जस्लेगर्दा यो परदेशको बिषयवस्तुलाई सहजै बुझ्न सकिन्छ ।  

कुनै कथा भावनात्मक छ भने कुनै लेखिकाले आफुले गरेको गहिरो अध्ययन र यथार्थतामा आधारित छ । उनले के ठिक्, के बेठिक । के गलत्, के सही भनेकी छैनन । यसलाई छुट्याउने पाठकको जिम्मा । तर उनले आफ्नो पृष्ठ्भुमी भुल्न चाहेकी छैनन । उनले आफ्नो संस्कार्, संस्कृति, परिवेषसंग अब अमेरिकामा बसिसकेले संझौता गरे पनि हुन्छ भन्ने आशय वा मनसाय बनाएको देखिदैन ।

कथासंग मेरो संबन्धमा:

सर्वप्रथम लेखिकाले "कथासंग मेरो संबन्धमा” आफ्नो भनाइ निकै सौम्य, शालिन र स्तरियतापुर्ण तरिकाले ब्यक्त गरेकिछ्न । अन्त्यहिन ईच्छा १७ ओटा बिभिन्न समयमा लेखिएको कथाको संगालो हो । र शिर्षकलाई बिभिन्न कथाहरुले पुष्ठी गर्द्छ्न ।

पुस्तकमा समावेश भएका केहि कथाहरु यस्ता छन्:

पहिलो अन्त्यहिन ईच्छा शिर्षक  कथा जुन पुस्तकको शिर्षक पनि रहेको छ । यो कथालाई राम्ररी बुझ्न पाठकबर्गले आफ्नो समाज र देश प्रतिको जिम्मेवार ब्यक्ती बनी स्वच्छ र परिपक्क मस्तिष्कले सोच्न जरुरी छ । अनिमात्र हाम्रो आफ्नो मौलिक्ता र यहाँको र्बैज्ञानिका वस्तुगत परिवर्तनको बारे फरक बुझ्न सकिन्छ ।

कथामा जुनिको साथी कालभिनाले लिङ्ग परिवर्तन गरी केटिबाट केटामा परिवर्तन हुन्छ र बासिलियो केटाको नाम राख्द्छ । जबकी उनि प्रकृतिको सृष्टिमा एक अनुपम सुन्दर स्त्री थिईन ।  स्त्री भएकोमा उनले कुनै अपसोच गर्नु पर्ने कारण थिएन । सेक्स रिएसाईन्टमेन्ट थेरापी अन्तर्गत बिभिन्न थेरापी गरेर, आवाज्, रौं, छाति, परिवर्तन गरी केटा बनेको बारे उल्लेख छ । यस अन्तर्गत जुन जातिको बन्ने हो त्यस्को एक बर्षे तालिम लिएर त्यो पनि बन्न सकिनेरहेछ । लेखिकाले गह्न अध्ययन गरी लेखेको यो कथा यथार्थतामा आधारित छ । बिज्ञानलाई नै सर्वेसर्वा ठान्ने अमेरिकि परिवेशमा यो परिवर्तनलाई सहजै लिन्छन । तर हामी मानिसलाई भगवानको सृष्टी ठानी बिस्वास गर्ने नेपाली मस्तिष्कलाई बैज्ञानिक बस्तु बनी परिवर्तन हुने कुरा पाच्य हुनसक्ने कुरो नै भएन । र पुर्ण पत्यार पनि गर्न कठिन हुन्छ ।

त्यसैले, जब जुनिले कालभिनाको थेरापिबाट आवाज, जुंगा, अनुहार सबै पुरुषको जस्तो देखे पनि जुनिको मनमा  कालभिनाको लोग्नेमान्छेमा हुने कम्मरमुनिको पुरुष अंग पनि होला त भन्ने कुरोमा शंका लाग्छ । तर सोध्न भने  सक्दिनन । तर जब काल्भिना (बासिलियो) ले  'अब म विवाह गर्दैछु, मैले बिबाह गर्ने केटी पनि आईपुग्ने बेला भयो' । एकछिन बस न, तिमीलाई चिनाईदिन्छुू । यो सुने पछी जुनिले अरु केहि सुन्न चाहिनन र घर फर्कीन । यसरि प्रकृतिको नियमलाई चुनौती दिदै बस्तु झै केटी केटा बनाउने  बिज्ञानको चम्तकार मान्न त सकिन्छ । तर त्यो चम्तकारले प्रकृतिले दिने अदृष्य गुण वा आकर्षण त दिन सकेको देखिदैन । के त्यस्ता पुरुषले आफ्नो ज्यानको बाजी लगाएर कसैको ज्यान बचाउन सक्छ्न रु के प्रकृतिले दिने मर्दानंगी तीनमा होला ? प्रकृतिले दिएको कुनै अदृष्य आकर्षणको कारण कुनै स्त्री कुनै पुरुषसंग स्वभाविक रुपमा आकर्षित हुन्छे । के यस्तो आकर्षण बिज्ञानको चमत्कारबाट बनेको  पुरुषमा होलारु एउटा प्रकृतिले सृष्टी गरेको पुरुषमा स्वभाविक रुपमा उसले आफ्नो प्रेमिका, श्रीमति, छोराछोरि, आमा-बाबु भाई बहिनिलाई माया गर्ने मन अन्तर्निहित (In-built) भएको हुन्छ । के बिज्ञानले केटीबाट केटो बनाएको ब्यक्तिसंग यो प्राकृतिक गुण होला रु  मानिसको इच्छा असिमित हुन्छ । एउटा पुरा भयो भने फेरी अर्को जन्मन सक्छ । पैसा खर्च गरेर जे पनि ईच्छा पुरा गर्न सकिन्छ भनेर प्रकितिको ब्यवस्था बिपरित जान हुन्छ कि हुँदैन (?) यदी गैइयो भने हाम्रो नेपाली मौलिकता के होला ? यो बिबेकतापुर्वक छुट्याउने र आफ्नो अस्तित्व जोगाउने जिम्मा पाठकमा छोडिएको छ । 

मोतिको माला - यो कथा एक ८४ बर्षिय स्त्री, एलिजावेथ र निशाको बिच प्राकृतिक रुपमा बिजारोपण भएकोमा मायाको बारेमा उल्लेख छ ।  आफ्नो किएरगिवरको साथमा व्हिल्चिएरमा पार्कमा घुमन आउने एलिजावेथसंग  निशाको भेट हुन्छ र उनिहरुको जानपहिचान बिसतारै बढन थाल्छ । एलिजावेथ २०-२५ बर्ष पहिले नेपाल गएको हुन्छिन र उनले नेपालीहरुको र सौहार्दता, स्वच्छ ब्यवहाँर बाट प्रभावित  भएकी हुन्छिन । त्यो ब्यवहाँर उनले निशामा पाएर उसलाई यि बृध महिलाले आफ्नो छोरी झै ठानेकी हुन्छिन । निशा पनि यिनको सामिप्य पाएर आफ्नो नेपालामा भएको आमाको अनुभुती गर्द्थिन । तर दुबैले आफ्नो मनोभाव ब्यक्त गरेका हुँदैनन । यि दुइबिच नेपाल र नेपालीहरुका बारे धेरै भलाकुसारी हुनेगर्द्थियो ।

छुट्टी  पाए पछी निशा नेपाल गइन । निशा नेपालमा हुँदा यता एलिजावेथले अन्तिम शास लिन्छिन । तर मर्नु अघी निशालाई आफुले छोरी बनाएको बारे एक पत्र लेखेकी हुन्छिन र त्यस्मा आफुलाई कहिले नबिर्सनु भनि निशालाई लेखेकी हुन्छिन । सो पत्र र आफुले लगाएको मोतिको माला निशाला दिन आफ्नो किएरगिवरलाई अरहाएर प्राण त्याग गरेकी हुन्छिन । निशाले माला र पत्र पाएपछी त्यसलाई पढेर बरबरि रुनु थालद्छिन‘।। । माया गर्ने कुनै बैज्ञानिक फर्मुला छैन । कसैसित स्वतस्फुर्तरुपमा माया हुन्छ या हुँदैन ।

रातो कोट्:

रुपाको रातो कोट उनको ट्रेडमार्क नै बनेको छ । उनलाई टाढैबाट चिन्ने आधार यो रातो कोट बनेको छ । रुपा आफ्ना साथिभाई हरुको लागी अनेक खर्च गर्छिन ।तर आफु भने सधै एउटै रातो कोट्मात्र पहिरिन्छिन । अरुले रुपा आफ्नो लागी अलि लापरवाह भए जस्तो ठान्द्छ्न । उनकी साथी संजु ५० बर्षकी भइन । तर उनि अबिवाहित बसेकी छिन र आफ्नो लागी मात्र सोच्ने गर्द्छिन । उनलाई समाज्, राष्ट्र केहि मतलब छैन । आफु बाहेक अरुको बारे के मतलब भन्ने अमेरिकी हावापानी अनुसारको अन्तर्मुखी बनिसकेकी छिन । त्यसैले रुपाले १२ बर्ष सम्म किन एउटै रातो कोट्मात्र लगाएको भन्ने बारे संजु जस्ताले बुझ्ने कुरो नै भएन ।  रुपा अमेरिका आएको १२  बर्ष भइ सकेको हुन्छ । आफ्नि आमाले अमेरिका आउने बेला आफुले थुक्तेल गरी राखेको पैसा दिदै, 'छोरी यो पैसाले  कोट किनेर लाईजाउ है, जाडोबाट बच्नु पर्छ । नत्र बाथको रोगले समाउछ्' भन्दै पटुका भित्रबाट पुरानो थैली बाट चाँदिका मोहोर निकालेर दिदै भनेको कुरा होजो जस्तो लाग्छ्, मलाई । तर यो कोट्ले जगाइराखेको मेरो आमासंगको समिप्य र मायाको अनुभुती संजुले कसरी बुझ्ने ।

रुपाले हरेक जाडोमा किनेको अनेक कोटहरु छ्न । तर सधै यही आउट अफ डेट रातो कोट लगाएको देखेर । रुपाको आफ्नै छोरिला स्मेत चित्त बुझदैन । तर छोरिलाई उनकी हजुराआमाले दिएको चांदिका मोहोर खर्च गरेर यो कोट किनेको भनेर थाहा छैन ।

छोरिको स्कुल सकिएको समय पारेर यसपाली लामो एक बर्षे छुट्टी मिलाएर रुपा नेपाल जान्छिन ।  रुपाले नेपालमा असल खालको खैरो रंगको कोट किनेर  आमालाई दिन्छिन । तर त्यो कोटा  आमाले रुपालाई नै  फिर्ता गर्छिन र त्यसको साटो रुपाको पुरानो रातो कोट लिन्छिन । छुट्टी सकिए पछी रुपा अ मेरिका फर्किन्छिन । तर अब उनि खैरो कोट लगाएर ज्याक्सन हाईट जादा संजुले चिन्दिनन । राती रुपालाई निद्रा लाग्दैन । आमाको गन्ध आउने रातो कोट उनिबाट टाढा भाई सकेको थियो । र उनलाई आमाको सुरक्षाबाट पनि बिमुख भए जस्तो अनुभुती हुन्छ । सैले उनि तुरुन्त नेपालामा आमालाई फोन गर्छिन र भन्छिन्, 'आमा त्यो रातो कोट छ नि, तपाईको शेषपछी मेरै नाममा राखिदिनुहोला' । मानिस नजिक हुँदैमा नजिक  लाग्ने र टाढा हुँदैमा टाढा लाग्ने हुँदैन । जहिले सम्म मानिसमा अनुभुती कायम रहन्छ भौगोलिक दुरिले मानिसलाई टाढा बनाउन सक्दैन । त्यस्तैगरी समयले नया वा पुरानो बनाउन सक्दैन । अनुभुति (एहशास) ले समयलाई सधै ताजा राख्द्छ । 

यस्तै चाखलाग्ता अनेक कथाहरु यस क्था संग्रह्मा समाविष्ट छ्न । पढ्न नभुल्नु होला । ज्याक्सन्हाईट न्यूयोर्क-  मे ४, २०१८ 

Leave a reply

HTML Tags are not supported

Post My Comment »