कविता वाचन प्रतियोगितामा घिमिरे प्रथम

२३ बैशाख २०७५
banner

रत्ननगर । रत्ननगर ५ चित्रसारीमा रहेको लिटिल स्टार आवासीय माविको आयोजना गरिएको विद्यालय स्तरीय कविता वाचन प्रतियोगितामा स्काइराइडर आवासीय माविका अतिथि घिमिरे प्रथम भएका छन ।

कालिगण्डकी साहित्य परिषद् चितवनको सक्रियतामा भएको सो प्रतियोगितामा लिटिल स्टार आमाविकी रिता प्रजा द्धितीय, पञ्चकन्या आमाविकी सामना सिलवाल तृतीय र एकला शिशु निकेतनका आशिष बन्जरा सान्त्वना भएका थिए ।

प्रतियोगितामा ५ वटा विद्यालयका २६ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । सो प्रतियोगिताको निर्णायकमा वरिष्ठ साहित्यकार केशवराज आमोदी र राजेन्द्र घायल रहेका थिए ।

विद्यालयका प्राचार्य पुष्पराज श्रेष्ठ प्रमुख अतिथि रहेको सो कार्यक्रममा साहित्यकार धनराज गिरी, कालिगण्डकी साहित्य परिषद्का अध्यक्ष गणेश शर्मा पौडेल, उपाध्यक्षद्धय कमल अर्याल धादिङे, रुविन पौडेल, शिक्षिका तथा सर्जक यमुना न्यौपाने, लिला दाहाललगायतले रचना वाचन गरेका थिए ।

साहित्य परिषद् लिटिल स्टार आमावि उपशाखाका अध्यक्ष राहुल चौधरीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
 

विशेष

ताजा भिडियो

एक कदम अगाडि प्रधानमन्त्री ओली । यो पटक अन्तराष्ट्रिय मञ्चमा नेपाल 'ब्याक बेञ्चर' रहेन। PM KP Oli l

रमेश उप्रेतीको यि नायिकासँग स्क्रिन सेयर गर्ने रहर | पहिलो प्रथमिकतामा...? Ramesh Upreti |

PM Oli English Speech l World Economic Forum l Shaping the Future of Democracy l Oli in Switzerland

संसद हंगामा पछि वहसः सांसद विरोध खतिवडाको नजरमा संसदीय मर्यादा र सभामुखको भुमिका। Birodh Khatiwada l