मोदीको स्वागतमा हावाहुरी बन्यो बाधक! (फोटोफिचर)

२६ बैशाख २०७५

banner

तस्विर: सरोज कुमार महतोको फेसबुकबाट

काठमाडौ। जनकपुरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि बनाइएको स्वागत गेटहरु वर्षासँगै आएको हावाहुरीले ढालेको छ। 

जनकपुरको विभिन्न स्थानमा राखिएको स्वागत गेटहरु आज बिहान करिब तीन बजेतिर आएको हावाहुरीले ढालेको हो। मोदीको स्वागतकै लागि जनकपुर झकिझकाउ पार्ने कार्य तिव्र भइरहको बेला बिहान आएको हावाहुरीले सो गेटहरु ढालेको हो।  हावाहुरीले त्यहाँको घरहरुमा समेत क्षति पुगेको छ।

मोदी बैशाख २८ गते दुई दिने राजकीय भ्रमणका लागि नेपाल आउन लागेका हुन्। उनी सिधैं जनकपुर हुँदै नेपाल प्रवेश गर्नेछन्।  

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको स्वागतका लागि यतिबेला जनकपुर धामलाई झकिझकाउ पार्ने कार्य भइरहेको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »