गीत- एक एक छिन प्रियतमा

२७ बैशाख २०७५

banner

          गीत
एक एक छिन प्रियतमा
लाग्दो रहेछ साल
एक्लो हुदा सबैको
यस्तै हुन्छ हाल


तिम्रो रुप जस्तो सुन्दर
कहाँ हुन्छ फूल
छुट्टिएर बस्ने मानिस
किन गर्छ भूल
जुधिरहने आँखा भए
टोल्हाइरहने ताल
एक्लो हुदा सबैको
यस्तै हुन्छ हाल


एक एक छिन प्रियतमा
लाग्दो रहेछ साल


तिमीले लाएको माया किन
यति मीठो भएको
मलाई छोडि मेरो मन
तिमी निरै पुगेको
बदली हुन्छ नयनमा
छल्किरहन्छ छाल
एक्लो हुदा सबैको
यस्तै हुन्छ हाल

एक एक छिन प्रियतमा

लाग्दो रहेछ साल
एक्लो हुदा सबैको
यस्तै हुन्छ हाल


राकेश कार्की
लस एन्जेलस

Leave a reply

HTML Tags are not supported

Post My Comment »