१२ फोटोमा हेर्नुहोस् भारतीय प्रधानमन्त्रीको जनकपुर आगमनदेखि नागरिक अभिनन्दन

२८ बैशाख २०७५

banner

जनकपुर। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने नेपाल भ्रमणका क्रममा जनकपुरमा छन्। उनी भारतीय वायु सेवाको विमानबाट जनकपुर अवतरण गरेका थिए। एअर इन्डियाको विशेष विमानबाट भारतको पटना हुँदै प्रधानमन्त्री मोदी आज बिहान १०ः४५ बजे जनकपुर विमानस्थलमा आइपुगेका थिए।

उनलाई रक्षामन्त्री ईश्वर पोखरेल, प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु रावत, प्रदेश नं २ का सभामुख सरोजकुमार यादव, प्रदेश सरकारका मन्त्रीहरु, प्रदेशसभाका सदस्यहरु, जनकपुर उपमहानगरपालिकाका प्रमुख लालकिशोर साह, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरी लगायतले स्वागत गरे।

प्रधानमन्त्री मोदीलाई स्थानीय साँस्कृतिक झाँकी तथा बाजागाजासहित स्वागत गरिएको थियो। भारतीय प्रधानमन्त्री मोदी विमानस्थलबाट सिधैं जानकी मन्दिर पुगेका थिए।

त्यहाँ उनले जानकी मन्दिरमा पूजा समेत गरे। पूजापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूलाई नेपालले दिएको सम्मानप्रति आभार प्रकट गरे। दुई दिने नेपाल भ्रमणमा आएका प्रधानमन्त्री मोदीले जनकपुरमा रामायण सर्किटको उद्घाटन गर्दै मोदीले भारतको पहिलो प्रधानमन्त्रीका रुपमा राजा जनक र माता जानकीलाई प्रणाम गर्ने सौभाग्य पाएको भन्दै खुशी व्यक्त गरे।

त्यसलगतै प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी मोदीले संयुक्तरुपमा रामायण सर्किटको उद्घाटन गरे। जानकी मन्दिरपछि बाह्रबिघा मैदान पुगेका मोदीलाई नागरिक अभिनन्दन गरियो। अब उनी काठमाडौँ आउनेछन्।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »