ओली जीलाई खुल्ला कविता

२८ बैशाख २०७५

banner

              चन्द्र मादेन आन्छन

ओलीको अनगिन्ती तुक्का र वोली 
तिमी आएको थियौ कुन पृष्ठभूमि खोली
सवैले देखेका छन तिम्रा तुम्वी र झोली

भन्थ्यौ हिजो भारतलाई विस्तारवाद 
विपक्षी नेतालाई चाकरीवाद
कहाँ रह्यो र तिम्रो राष्ट्रवाद ?
तिमीले पो देखायौ महाराष्ट्रघात

हिजो कैयौं देशका 
राष्ट्रप्रमुख सरकार प्रमुख राजधानी धाउथे
तिम्रो छेपारे, चम्चे स्वरुप नवुझी 
मोदी कसरी जनकपुर आउथे ?

जनकपुरबाटै प्रवेश गर्न
के स्वार्थ थियो र मोदीलाई ?
जानकी मन्दिरको चावी वुझाउन
के खाँचो थियो र ओलीलाई ?

पाल्यौ लाखौं नेपाली सशस्त्र सुरक्षा सेना
ल्यायौ भारती पर्याप्त धोती सुरक्षा सेना 
काम छैन यो नेपाली असक्षम सेना मेना ?

मोदीको पुत्लालाई नेपाली जनताले
लगाए थोत्रे जुत्ताको माला
चम्चे ओली सरकारले लगाए 
१२१ किलोको फूलको माला 

हिजो त्यो कालरात्री नाकावन्दीको
आलो घाऊ विर्सेका छैनौं
भोक, तिर्खा र पीडाले
आकुल व्याकुल बनाएको कथा विर्सेका छैनौं

हिजो ईतिहासमा लेन्डुपको नाम 
कलंकीत लेखियो
कोशी, महाकाली, गण्डकी वेचुवा
अन्यको करतुत राष्ट्रघाती लेखियो
अब ओली तिम्रो महान 
खोक्रो राष्ट्रवाद पो देखियो
फेरी ‘नेपाली ईतिहासमा’ ओली तिमीनै
सवैभन्दा राष्ट्रघाती कलंकीत छौ पो लेखियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »