हिमालको फेदमा मोदीका पाँच पोज

२९ बैशाख २०७५

banner

तस्बिर: निरज थकाली, मुस्ताङ, रासस

मुक्तिनाथ, मुस्ताङ। नेपालको दुई दिने राजकीय भ्रमणका क्रममा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुस्ताङस्थित मुक्तिनाथ दर्शन गरे।

भारतीय वायु सेवाको विशेष हेलिकप्टरबाट उनी बिहान ७ः५५ मिनेट जाँदा मुक्तिनाथ पुगेका थिए। भारतीय प्रम मोदीलाई नेपालको संघीय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी, ४ नं प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, आन्तरिम मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानलगायतले स्वागत गरे।

मन्दिरको मूल प्रवेशद्वारमा प्रवेश गर्नुपूर्व उहाँलाई हिन्दू बटुकले स्वस्ती वाचन र बौद्ध आनी (झुमा) हरुले बौद्ध संस्कृतिमा प्रचलित बाजा (ङेङे) बजाएर स्वागत गरेका थिए।

मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदीका अनुसार उनले शोडषोपचार विधिद्वारा पूजा गरे। “मोदीले सम्पूर्ण विधि अपनाएर पूजा गर्नुभयो”, उनले भने, “अर्चना एवं आरती स्वंले नै गर्नुभएको हो ।”

मोदीलाइृ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र प्रदेश नं ४ का मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङले हिन्दू धर्ममा पवित्र मानिने शालिग्राम उपहार प्रदान गरेका थिए। यस्तै मुक्तिनाथस्थित वारागुङ गाउँपालिकाले ताम्रापत्र र भेँडाको उनबाट बनेको गलैँचा उपहार प्रदान गरेको थियो। जिल्ला समन्वय समिति मुस्ताङका प्रमुख छिरिङ ल्हामो गुरुङले पनि गलैँचा उपहार दिए।

मुक्तिनाथ विकास समिति, स्थानीय आमा समूहलगायत स्थानीय संघसंस्थाले पनि स्थानीय पहिचानका सामग्री उपहार प्रदान गरेका थिए।मन्दिर परिसरमा विभिन्न व्यक्ति एवं संस्थाले उपहार त दिएकै थिए फर्कने क्रममा बाटोमा एक स्थानीयले भोटे गुरुङ समुदायले लगाउने टोपी (छिरिङ किङ्गा) समेत लगाइदिएका थिए।

मुक्तिनाथ वरपर टलक्क टल्कने हिमालका साथै अन्य रमणीय दृश्य हेरेर रमाएका मोदी स्थानीयले बजाएको (ङेङे) बाजा बजाउँदा स्थानीयवासी निकै दंग देखिन्थे। स्थानीयवासीसँग साक्षात्कार गर्नुका साथै भलाकुसारी गरेका मोदीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मी उनको वरपर स्थानीयलाई परपर सारे पनि मोदी आँफै स्थानीयवासीसँग रमाएका थिए।

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »