कमलामाईमा माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु

२९ बैशाख २०७५

banner

सिन्धुली । विपी राजमार्गअन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२, हीरापानी नजिक माइक्रोबसको ठक्करबाट एकजनाको मृत्यु भएको छ। 

काठमाडौँबाट झापातर्फ जाँदै गरेको बा ५ ख ७४० नम्बरको माइक्रोबसले काठमाडौँबाट सिन्धुलीमाडीतर्फ आउँदै गरेको ज ९ प ७१५६ नंको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा बा ७२ प ४९२९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै ज्यान गएको र अरु तीन घाइते भएको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीले जनाएको छ। घाइतेमध्ये एकको अवस्था भने गम्भीर रहेको छ। 

मृत्यु हुनेमा बा ७२ प ४९२९ नं।को मोटरसाइकल चालक सिन्धुली जिल्ला दुधौली नगरपालिका–६ का अजित कँुवर रहेको जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका प्रहरी निरीक्षक सन्तोष श्रेष्ठले जानकारी दिए।

सोही मोटरसाइकलमा सवार दुधौली नगरपालिका–६ का गणेश फोनेत गम्भीर घाइते भएका छन्। उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनामा माइक्रोबसमा सवार दुईजना सामान्य घाइते भएका छन्। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »