घोडेडाँडा भिरबाट लडेर एक शिक्षकको मृत्यु

२९ बैशाख २०७५
banner

त्रिपुराकोट, डोल्पा । डोल्पाको त्रिपुराकोटको एक विद्यालयका शिक्षकको भिरबाट लडेर मृत्यु भएको छ। 

त्रिपुरासुन्दरी नगरपालिका–५ घर भएका ३६ वर्षीय शिक्षक राजु रोकायाको शुक्रबार राति ९ बजे त्रिपुरासुन्दरी नगरपालिकाअन्तर्गत ल्हाँ र खदाङबीचमा पर्ने घोडेडाँडा भन्ने भिरबाट लडेर मृत्यु भएको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ। 

रोकाया त्रिपुरासुन्दरी नगरपालिका–५ स्थित मष्टा आधारभूत विद्यालयमा प्रावि तहका शिक्षक हुन्। 

त्रिपुरासुन्दरी नगरपालिकाको कार्यालयबाट फर्केर घरतर्फ जाँदै गर्दा घोडेडाँडा भिरबाट लडेर मृत्यु भएको बताइएको छ। 

आज बिहान मृतक रोकायाको प्रहरी मुचुल्कापछि परिवारले शव बुझेर लगेको बताइएको छ। 
 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l