मोदी नेपालमा ‘तीर्थयात्रा’ मा थिए या चुनावी एजेण्डामा ?

३० बैशाख २०७५

banner

सीके लाल

बीबीसी। स्वयं आफूलाई प्रधानमन्त्रीको ठाउँमा तीथयात्रीका रुपमा प्रस्तुत गर्दै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो नेपाल भ्रमणको सुरुवात मिथिलाको सांस्कृतिक राजधानी मानिने जनकपुरबाट सुरु गरे। र, केवल दुई दिनको मोदीको नेपाल भ्रमण वास्तवमा तीर्थयात्रा जस्तै देखियो। रामकथाका अनुसार जगत जननी भनिने जानकी महाराज जनकको जनकपुरमा नै हुर्किकी थिइन्।

जनकपुरमा नै अयोध्याको कौशल्या पुत्र रामले शिव धनुष तोडे। अनि सीता र रामको विवाह भयो। टीकमगढकी महारानी वृषभानु कुमारीले आफ्ना गुरुको आग्रहमा जनकपुरमा जानकी मन्दिरको निर्माण १९ औं शताब्दीको अन्तिम दशकमा गराइन्।

प्रधानमन्त्री मोदीको तीर्थयात्रा
प्रधानमन्त्री मोदी जानकी मन्दिरमा षोडशोपचार विधिबाट पूजा–अर्चना गरेपछि सार्वजनिक कायक्रममा देखिए। चार वर्षमा प्रधानमन्त्री मोदीको तेस्रो नेपाल भ्रमणका यदि कुनै प्रतीक चिन्ह देखाउने हो भने शायद त्यही एक तस्वीर देखिन्छ, जसमा उनी मग्न भएर अखण्ड किर्तनमा ढोलक बजाउँदै गरेको देखिन्छ। प्रधानमन्त्री मोदीको तीर्थयात्रा वैष्णव मतका रामानन्दी सम्प्रदायका प्रमुख केन्द्रमध्ये एक मानिने पवित्र भूमिकबाट भयो।

भनिन्छ, तत्कालीन भारतीय समाजमा व्याप्त छुवाछुत, जात–पात र नर–नारी विभेदको विरोध गर्ने स्वामी रामानन्दले मध्यकालमा ‘जात–पात पुछे ना कोई, हरि को भजै सो हरि का होई’ उद्घोषसँगै भक्ति आन्दोलनको शंखनाथ गरेका थिए। हिन्दू धर्ममा समानता र सहजता ल्याउने ‘द्रविड भक्ति उपजी, लाये रामानन्द’ को वलमा रैदास, सूरदास र कबीर जस्ता सुधारक सन्तले उत्तर भारतमा सामाजिक र सांस्कृतिक आन्दोलनलाई घर घरमा पुर्याए।
 

मन्दिर र मस्जिदको विषय
करताल प्रधानमन्त्री मोदी जनकपुरमा बनाइरहेका थिए। तर, त्यसको गुन्जन केवल अयोध्या, काशी, प्रयाग र चित्रकुटमा मात्रै होइन, भक्ति परम्परालाई वैष्णव सन्त रामानुजाचार्यको कर्मभूमि कर्नाटक र तमिलनाडूसम्म पुग्यो होला।

पूजा प्रधानमन्त्री मोदी जनकपुरमा गरिरहेका थिए। तर, अयोध्याको मन्दिर र मस्जिदको मसला भारतीय संचारमाध्यममा फेरि निस्कियो।
प्रधानमन्त्री मोदीको दोस्रो तीर्थ मुक्तिनाथ थियो, जसमा वैष्णवका स्वामीनारायण सम्प्रदायको महत्वपूण धाम मानिन्छ।

यो धामको भूमि मात्र पनि पवित्र मानिन्छ। त्यहाँ पुग्नुमात्रै पनि आफैंमा उपलब्धि हो। मुक्तिनाथबाट प्रधानमन्त्रीको नजर गुजरातमा थियो होला, जहाँ स्वामीनारायण सम्प्रदायको उल्लेख छ।

रामायण सर्किटबाट फुके चुनावी बिगुल
पशुपतिनाथमा प्रधानमन्त्रीका रुपमा मोदीले तेस्रोपटक पूजा–अर्चना गरे। तर उनको नजर थियो, शैव सम्प्रदायमाथि। जो पूरै भारतमा फैलिएका छन्। प्रधानमन्त्री मोदी काशीबाट सांसद छन्। तीर्थस्थलमा पशुपतिनाथ र काशी विश्वनाथको महत्वलाई बारम्बार दोहोर्याउनु उनको बानी जस्तै भएको छ।

हरि भजन प्रधान तीर्थयात्रीको उद्देश्य भएपनि भारतीय जनता पार्टीका प्रमुख अनुहार आफ्नो राजनीतिक प्रचारकको भूमिलाई मोदीले भुलेका थिएनन्। भारतमा आम निर्वाचन आगामी वर्ष हुँदैछ। नेपालसँग जोडिएको उत्तर प्रदेश, बिहार र पश्चिम बंगालले नयाँ दिल्लीको शासकको भाग्य निर्धारण गर्नेछ। 

त्यसकारण एक साथ प्रधानमन्त्री मोदीले रामायण सर्किट, बोधगया, अयोध्या–जनकपुर बस सेवा र पर्यटन विकासको कुरा गर्न छुटाएनन् र हिन्दीमा मैथिली र नेपाली भाषाको गुणगान पनि गरे।

लाग्छ, भाजना आफ्नो प्रचार तन्त्रलाई २०१९ को आम निर्वाचनलाई मध्यजनर गर्दै चुस्त दुरुस्त गर्नमा जुटेको छ। जनकपुरको बाह्रबिघा मैदानमा प्रधानमन्त्री मोदी जब भाषण गरिरहेका थिए, लाग्थ्यो, मोदी कुनै चुनाव प्रचार सभालाई गरिरहेका थिए। अंग्रेजी भाषाका ऐक्रोनिम्ससँग प्रधानमन्त्री मोदीको लगाव भएको छ।

यसअघि उनले नेपालका संसदलाई ‘हित’, अर्थातर ‘हाईवेज, आई–वेज र ट्रान्सवेज’ को नाराले सम्वोधन गरेका थिए। परम्परा, प्रबन्ध र ब्यापार, पर्यटन, प्रविधि र परिवहनलाई ‘पाँच प’ पनि भन्न सकिन्थ्यो तर, अंग्रेजीमा टुक्काको मजा बेग्लै छ। प्रचार गर्ने कुटनीतिक आफ्नो ठाउँमा छ, तर नेपाल–भारत सम्बन्धको विवादग्रस्त कुटनीतिक र आर्थिक मुद्दा जस्ताको त्यस्तै छन्। आफ्नो सार्वजनिक सम्वोधनमा प्रधानमन्त्री मोदी ‘मधेस’ शब्दको उच्चारण गर्न चाहिरहेका थिएनन्।

२०१५ मा संविधान संशोधनकालागि ५० भन्दा धेरै मधेसीले आफ्नो ज्यान गुमाएका थिए। उनीहरुको सहादतको उल्लेखसम्म पनि भएन। हो, आँशु पुछ्नकालागि सय करोड रुपैयाँको सहयोगको वचन प्रधानमन्त्री मोदीले दिएका छन्।  दशकौंदेखि मधेसको जीवनरेखा मानिने भारतीय  सहयोगको हुलाकी राजमार्गको सुस्त गतिलाई दिल्लीको वाचा पूरा भयो भने मात्र नेपालीले विश्वास गर्न सक्छन्।

नेपालका शासकलाई रिझाउने  आफ्नो नीतिको पनि सीमा हुन्छन्। चीनको सामरिक सरोकारलाई काठमाडौंले नजरअन्दाज गर्न सक्दैन।
शीतयुद्धका समयदेखि नै नेपाल अमेरिकासँगै अन्य पश्चिमी देशको कुटनीतिकको खेल मैदान भएको छ। प्रधानमन्त्री मोदीले चाहँदैमा काठमाडौंको भारतप्रतिको रवैया रातारात परिवर्तन हुन सक्दैन।

भारतीय जनमानसमा भलै ‘मोदी नट वेलकम’ सोसल नेटवर्कको प्रवाहबाट एकाएक गायब  भएको होस्, तर नेपालको मध्यम वर्गमा वर्षौंदेखि व्याप्त भारत विरोधी जनभावना प्रधानमन्त्री मोदीले भजन गाउँदैमा मेटिने वाला छैन।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको उद्देश्य हिन्दुत्वको राजनीतिलाई कुटनीति रङ दिनु थियो, जुन उनले भलिभाँति गरे। संविधान संशोधनको मुद्दा चिसो बाकसमा राखेर काठमाडौंसँग मिलेर काम गर्न सुझाव उनी मधेसी दललाई दिन चाहन्थे। यो काममा उनलाई केवल आंशिक सफलता मिल्यो।

जनकपुरको नागरिक अभिनन्दन समारोहमा पनि स्वतन्त्र मधेसको नारा लाग्यो र मंचबाट पनि मधेसीको संघर्षको इतिहासलाई सम्झना गरियो। प्रधानमन्त्री मोदीको खुशी पार्ने कुटनीतिको उपलब्धि त्यतिबेला देखिने छ, जतिबेला नेपालका प्रधानमन्त्री केपी ओली आफ्नो प्रस्तावित बेइजिङ भ्रमणमा केही दिनपछि निस्किँदैछन्। 

प्रधानमन्त्री मोदीको मुकाबला प्रधानमन्त्री ओलीको कुटनीतिक अप्टिक्सबाट चम्काउने क्षमता यदि २१ होइन भने १९ पनि होइन। प्रधानमन्त्री मोदी ढोलक बजाउँदै गरेको देखिए र उनलाई प्रभावित पार्न प्रधानमन्त्री केपी ओलीले पनि गेरुवा वस्त्र धारण गरे। अरु केही भएपनि नभएपनि कुटनीतिक तमासा दर्शकलाई भरपूर मनोरंजन दिन भने सफल भयो।

अब भगवान वुद्धको जन्मभूमि लुम्बिनीलाई प्रधानमन्त्री मोदीको चौथो नेपाल तीर्थयात्राको प्रतीक्षा रहनेछ। जसको उल्लेख गर्न आफ्नो भाषणमा मोदीले कहिल्यै भुलेनन्। जहाँ सम्म आम जनताको रोटी, बेटी र रोजीरोटीको सम्बन्धको सवाल छ, यो त शताब्दीदेखि चल्दै आएको छ र चल्दै जान्छ।
(बीबीसी हिन्दीबाट ) 

Leave a reply

HTML Tags are not supported

Post My Comment »