तानसेनको मुख्य सडकमै 'खाल्डाखुल्डी' र 'मिनी पोखरी' (फोटोफिचर)

३१ बैशाख २०७५
banner

सुशिल नेपाल

पाल्पा। पाल्पा सदरमुकाम तानसेनका सडकको अवस्था अहिले बिजोग छ। सडक मर्मतका नाममा तानसेन नगरपालिकाले सडक खनेर अलपत्र छाड्दा यहाँका मुख्य सडकमा यात्रा गर्नु ठूलै जोखिमको सामना गर्नु बराबर छ।

बुटवलदेखी पाल्पा, गुल्मी, अर्घाखाँचीसंगै पाल्पाबाट जिल्लाका विभिन्न ग्रामीण क्षेत्रमा जाने मुख्य सडकमै गत राती परेको पानीले ठूलाठूला खाल्डाखुल्डी परेका छन् भने मुख्य सडकमै पानी जमेर सडक ‘मिनी पोखरी’ मा परिणत भएको छ।

सडकका खाल्डा पुर्ने नाममा तानसेन नगरपालिकाले खाल्डाखुल्डी बनाई अलपत्र छोडेर मनपरी गर्दा यो अवस्था सिर्जना भएको हो। वर्षातको समय भएकाले धेरै स्थानमा खाल्डा पुर्न हालिएको माटो पानीले बगाइसकेको छ र फेरि ठूलाठूला खाल्डा बनेका छन्।

गत वर्ष पनि यि स्थानमा सडक मर्मत गरिएको थियो। तर दिगो काम नगर्दा र विकासका काममा मनपरी गर्दा सडकको यो अवस्था सिर्जना भएको स्थानीयको आरोप छ।

स्थानीय तहले जनप्रतिनिधी पाएको वर्ष वित्न लागिसकेको छ। तर तानसेनका जनप्रतिनिधीले नगरभित्रकै सडकको अवस्था सुधार गर्न सकेका छ्रैनन् भने अरु विकासका कामको स्थानीयले के अपेक्षा गर्ने ? स्थानीयहरुको प्रश्न छ।

 

विशेष

ताजा भिडियो

PM Oli English Speech l World Economic Forum 2019 l विश्व आर्थिक मञ्चमा प्रधानमन्त्री ओली l

मन्त्रीमाथि संसदमै हातपात गरेको आरोप । संसद हंगामा : सत्ता र प्रतिपक्षको भनाभन। Samsad Baithak l

शिक्षामन्त्री गिरिराजमणी रोष्टम जाँदा कांग्रेसको धक्कामुक्का । Giriraj Mani Pokharel l Samsad l

संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको उग्र रूप । Samsad Baithak ma Hangama।