सर्पसँगै खेल्ने नेपाली युवती जसको घरभरि सर्प छन् (भिडियो) 

३१ बैशाख २०७५

banner

काठमाडौँ। घरमा विषालु सर्पहरु छन् । बाबु, आमा छरछिमेक डराउँछन् त्यो कोठामा जान तर एक युवती सबु पाण्डे जान्छिन् । सर्पलाई समाउँछिन् । मुसा, भ्यागुता दिन्छिन्, समाएर नुहाईदिन्छिन पनि ।

स्नेक म्यानको रुपमा चिनिएका पाल्पा अर्गेलीका सागर पाण्डे पछिल्लो समय सर्पको खेती गरेर बसेका छन् । बिभिन्न ठाउँमा हुने मेला महोत्सवमा सर्प प्रर्दशन गरेर उनी चर्चामा आए । यति मात्र होइन उनको घरमा विषालु सर्प समेत छन् । घरमा आउने पाहुना समेत उनको घरमा सुत्न डराउँछन् । भाइकै काम देखेर उनकी दिदी सबु पाण्डेले समेत सर्पसँग नजिक हुन थालिन् । 

सबुलाई समाउन र सर्प खेलाउन डर लाउदैन तर भाइ सागरले जस्तो मुखभित्र हाल्न भने डराउँछिन् । घरमा पालेका सबै सर्पको स्याहार सुसार भाइ सागर भएको बेला आफैले गर्छिन् । हामी उनको घर पाल्पाको अर्गेर्ली पुग्दा पनि उनले सर्पसँग खेल्ने रमाउने गरिन् । हेरौँ यो भिडियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »