जनचेतनाको लागि सयौं महिलाले खोलेर फाले भित्री वस्त्र, हेर्नुहोस् ५ फोटो

३१ बैशाख २०७५

banner

एजेन्सी । स्तन क्यान्सरले पछिल्लो समय निकै विकराल रुप लिइरहेको छ । यो क्यान्सर महिलाहरुमा मात्र देखिएको छ । महिलामा हुने क्यान्सरहरुमध्ये भने स्तन क्यान्सर प्रमुख हो । यद्यपि दैनिक जीवनमा केरी परिवर्तन गरेर अनि केही सावधानी अपनाएर हामी यो रोगबाट बच्न सक्यौं । अथवा समयमै यो रोग पत्ता लगाउन सक्छौं । 

धेरै महिलाहरुलाई यस विषयमा जानकारी नभएको अवस्थामा फ्रान्सको राजधानी पेरिसमा भने महिलाहरुले प्रतिकात्मक रुपमा जनचेतनाको काम गरेका छन् । स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले महिलाहरुले आफ्नो ब्रा खोलेर सकारात्मक सन्देश दिने कोसिस गरेका छन् । संसारभरबाट आएका महिलाहरुले पेरिसको एफिल टावर अगाडि जम्मा भएर ब्रा खोलेर यो गम्भीर रोगप्रति मानिसहरुलाई जागरुक बनाएका छन् । 

पिंक बजारको तर्फबाट आयोजना गरिएको ‘पिंक ब्रा टस’ नामको यो कार्यक्रममा जम्मा भएका महिलाहरुले एकजुट भएर यो रोगविरुद्ध ऐक्यबद्धता जनाए । आयोजकले भनेका छन् ‘हामीले ब्रालाई महिलाको स्तनको स्वास्थ्यका प्रतीक बनाएका छौं । यसले हरेक दिन उनीहरुलाई सही निर्णय लिन सम्झाइरहन्छ । ब्रा खोलेर यो सन्देश दिन खोजिएको हो कि पुरुष र महिला दुवै मिलेर यो रोगविरुद्ध लड्नुपर्छ ।’

 

Leave a reply

HTML Tags are not supported

Post My Comment »