नेवा:अन्तराष्ट्रिय फोरम जापानले मनायो २५६२ औं बुद्ध जयन्ती

१ जेठ २०७५

banner

जापान । नेवास् अन्तराष्ट्रिय फोरम जापानद्वारा आयोजित २५६२ औं बुद्ध जयन्ती समारोह यही मे महिनाको १२ तारिखका दिन सम्पन्न गरेको छ । चिबा केन माचुदो शी मा अवस्थित माचुदो सेइचिरेइएन बिहारमा आयोजना गरिएको यस समारोहमा जापानका लागि नेपाली राजदुत श्रीमती प्रतिभा राणा को प्रमुख आतिथ्य रहेको थियो ।

 नेपाल लगायत जापान, श्रीलंका र बर्माबाट आमन्त्रित बुद्धका अनुयायी भन्तेहरूबाट बुद्धका स्लोकहरू बाचन गरी विश्व शान्तिको कामना गर्दै पुजापाठ समेत गरिएको थियो । टोकियो, चिबा, खानागावा क्षेत्रबाट नेपाली तथा जापानिज आगन्तुकहरू सहभागी भई  कार्यक्रम सफलतापुर्वक सम्पन्न गरिएको थियो।

नेपाल बुद्धको जन्मभुमी हो , हामी नेपालीहरू बुद्धको जन्मस्थल लुम्बिनी भएको देशको जनता हुनुमा गर्व गर्दछौ , जापानमा पनि बुद्ध जयन्ती आयोजना गरिएको र त्यसमा सहभागी हुन पाएकोमा हर्षित छु भन्दै राजदुत राणाले  आयोजकलाई धन्यवाद दिएकी थिइन । यस्ता कार्यक्रमले बुद्ध जयन्ती मनाउनुको साथसाथै जापानिजहरूलाई पनि लुम्बिनीको बारे जानकारी हुने र भ्रमणमा जान सक्ने समेत राजदुत राणाले बताइन् । 

बिहारको प्रमुख श्री माचुई दोउकोउले हाम्रो यस बिहार नयाँ  भएको र निर्माण पश्चात यस्तो बृहत कार्यक्रमको आयोजना पहिलो पटक भएकोले आयोजकलाई धन्यवाद व्यक्त गरेका थिए ।  भगवान बुद्ध जन्मनुभएको देश नेपालबाट आउनुभएका तपाई नेपालीहरूलाई भेट्न पाउँदा अत्यन्त खुशीलागेको र बुद्ध सम्बन्धी कुनै कार्यक्रम गर्नुपरे हाम्रो यस बिहारको ढोका सधै खुल्ला रहने छ प्रमुख माचुईले भने । 

नेवास् अन्तराष्ट्रिय फोरम जापानले आफ्नो स्थापानाकाल देखि बुद्ध जयन्ती मनाउदै आएको र यो १५औं पटक भएको यस कार्यक्रमकी संयोजक तथा संस्थाकी भुतपुर्व अध्यक्ष खातो ज्ञानु मानन्धरले बताइन्। बुद्ध जयन्ती मानाउनु सबै नेपालीको कर्तव्य हो , यसमा कुनै धर्म तथा जात विषेशले मात्र मनाउने होईन संस्थाको अध्यक्ष दीपरत्न शाक्यले जोड दिए ।

बिदेशमा रहेरपनि शान्तीका दुत गैतम बुद्धको जन्मदिनलाई मनाउनुपर्ने हामी नेपालीको कर्तव्य भएकोले फोरमले यो कार्यक्रम आफ्नो स्थापानाकाल देखि आयोजना गर्दै आएको छ।यस किसिमको कार्यक्रमले बुद्धको जन्मस्थल लुम्बिनीको बारेमा जापानिज माँझ गरिएको गलत प्रचारलाई  चिर्न समेत सहयोग पुगेको छ आयोजक फोरमको महासचिव शिव तण्डुकारले बताए ।

जापानमा आफनो कला र संकृति जगेर्णा गर्ने उदेश्यले वर्षै भरी विभिन्न कार्यक्रम गर्दै आएको नेवास् अन्तराष्ट्रिय फोरम जापान, जपानमा सक्रिय संस्था मध्येको एक हो ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »