सिपाहीले विदा माग्न निवेदनमा लेखे यस्तो कारण, हाँसेरै पागल भए अफिसर 

१ जेठ २०७५

banner

एजेन्सी। सरकारी वा गैरसरकारी काम गर्नेहरुले कामबाट विदा माग्नु पर्यो भने निवेदन दिने गर्छन् । निवेदनमा उनीहरुले विदा लिनुपर्ने कारण पनि खुलाउँछन् । तर, एक प्रहरी जवानले यसरी विदा माग्न लेखेको निवेदनमा यस्तो कारण लेखिदिए कि यसको चर्चा सामाजिक संजालमा छाएको छ । 

भारतको उत्तर प्रदेशमा कार्यरत प्रहरी जवानले यस्तो विचित्र आवेदन लेखेका हुन् । मनोज नामका ती सिपाहीले निवेदनमा लेखे कि उनको भर्खरै बिहे भएको छ । उनकी पत्नीले उनलाई धेरै सम्झिन्छिन् । त्यसकारण उनले विदा लिनैपर्ने भएको छ । 

ती सिपाहीको निवेदन भने स्वीकार गरिएको छ र उनले विदा पाएका छन् । तर, उनको निवेदन भने सामाजिक संजालमा अत्यन्तै भाइरल भइरहेको छ । मनोजले आफ्ना अफिसरसँग ८ दिनको विदा मागेका थिए । उनी आगरा जिल्लामा तैनाथ भएको बताइएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »