ब्रेकअपका लागि गर्लफ्रेण्डलाई यति ठूलो क्षतिपूर्ति, थाहा पाउँदा संसार चकित

१ जेठ २०७५

banner

एजेन्सी। चीनमा एउटा निधै विचित्र घटना सार्वजनिक भएको छ । यहाँ एक युवकले आफ्नी प्रेमिकालाई ब्रेकअपका लागि ३ करोड नेपाली रुपैयाँ (३ लाख अमेरिकी डलर) दिएका छन् । यति हुँदा पनि ती प्रेमिकाले भने अझै ठूलो रकम माग गर्दै त्यो रकम त्यत्तिकै छोडेर हिँडेकी छिन् । 

चीनको यो विचित्र घटनाका कारण संसार चकित परेको छ । यहाँ ती युवकले आफ्नी प्रेमिकासँग छुट्टिनको लागि २ मिलियन युआन अफर गरेका थिए । यति हुँदाहुँदै पनि प्रेमिकाले यो रकम लिन अस्वीकार गरिन् । यसपछि युवतीले जे गरिन् त्यो झनै आश्चर्यलाग्दो थियो । ती युवकले यति ठूलो रकम दिने अफर गर्दा ती युवतीले आफूलाई यति रकम पर्याप्त नभएको बताइन् । 

ती युवक पैसा भरिएको सुटकेस लिएर आफ्नी गर्लफ्रेण्डलाई भेट्न गएका थिए । अन्त्यमा ती युवकले त्यो सुटकेस गर्लफ्रेण्डसँगै छोडेर गए । तर, युवतीले पनि सुटकेस लिएर गइनन् । उनीहरुले एउटा बारमा भेटेका थिए । उनीहरु दुवै गएपछि त्यो सुटकेस बारका कर्मचारीहरुले भेटे । 

बारका मालिकले यसको सूचना प्रहरीलाई दिए । प्रहरीले छानबिन गर्दा सुटकेसका मालिकको खोजी गरे । गर्लफ्रेण्डसँग छुटकारा पाउन यति ठूलो रकम लिएर जाने युवक २३ वर्षका सूचना प्रविधि विशेषज्ञ थिए । उनले प्रहरीलाई यति ठूलो रकमको आचर्यजनक कहानी बताउँदा प्रहरी पनि चकित परेको थियो । ती युवकका अनुसार उनकी प्रेमिकाले ८ लाख डलर मागेकी थिइन् तर उनले २ लाख डलर मात्रै जुटाउन सके ।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »