जर्मनलाई विश्वकप जिताउने गोट्जे टोलीमा अटेनन्

१ जेठ २०७५

banner

एजेन्सी । जर्मनीलाई सन् २०१४ को विश्वकप फुटबल उपाधि दिलाउने मारियो गोट्जे राष्ट्रिय टोलीमा पर्न असफल भएका छन् ।

जर्मनीले आगामी महिना रुसमा हुने विश्वकपका लागि २७ प्रारम्भिक टोलीको नाम सार्वजनिक गर्दा गोट्जेको नाम पर्न नसकेको हो । गोट्जे सन् २०१४ को विश्वकप फाइनलमा जर्मनका तर्फबाट अर्जेन्टिनाविरुद्ध वैकल्पिक खेलाडीको रुपमा मैदान उत्रेका थिए ।

उनकै एकमात्र गोलले जर्मनीले ब्राजिलको विश्वकप जितेको थियो । प्रारम्भिक टोलीमा चोटग्रस्ट गोल रक्षक म्यानुअल न्यूर भने पर्न सफल भएका छन् । उनी बुन्डेस लिगाको खेलमा शक्त घाइते भएका थिए ।

यसैगरी जर्मनीका फुटबल प्रशिक्षक योअचिम लोको समायवधि २०२२ सम्म थपिएको समेत जनाइएको छ ।   


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »