तिब्र गतिमा उडिरहेको बिमानको अचानक सिसा फुटेपछि...

२ जेठ २०७५

banner

बीबीसी । अचानक उडिरहेको जहाजको सिसा फुटेपछि यात्रु बोकेको विमानका को पायलट आधा बाहिर निस्किएका थिए। तर उनलाई दोस्रा पाइलटले भित्र तानेर उनको ज्यान जोगाएका थिए। 

कुनै चलचित्रको छायांकन जस्तो देखियो उक्त घटना वास्तविक रुपमै घटेको हो। उक्त घटनापछि विमानलाई इमरजेन्सी ल्याडिङ गरिएको थियो। विमानमा सवार सबै यात्रु सुरक्षित रहेको बीबीसीले जनाएको छ। 

यो घटना दक्षिण पश्चिम चीनको हो। चीनको चोङ चिङबाट तिब्बतको ल्हासाका लागि उडेको ३यू ८६३३ सिचुआन एयरलाइन्सको विमान दुर्घटनाबाट बचेको हो। उक्त विमानमा ११९ यात्रु सवार थिए। 

विमान सुरक्षित ल्याण्डिङ गरेपछि विमानका पायलटको धेरैले तारिफ गरेका छन्। पायलटको इमान्दारीताको प्रसंसा गर्दै क्याप्टेनको बहादुरीले ११९ यात्रुको ज्यान बाँचेको बताएका छन्। विमानमा प्राविधिक समस्या देखिएपछि उक्त घटना भएको थियो।   

Leave a reply

HTML Tags are not supported

Post My Comment »