ब्याट्सम्यानले चुटेपछि मैदानमा बलरको यस्तो शर्वनाक हरकत

२ जेठ २०७५

banner

एजेन्सी। आईपीएलमा कोलकाता नाइट राइडस र राजस्थान रोयल्सबीचको खेलमा एउटा यस्तो घटना घट्यो, जुन यो सीजनमा पहिला देखिएको थिएन। राजस्थान रोयल्सका अफ स्पिनरका गौतमले सुनील नारायणलाई क्याच आउट गरेपछि रिसाएका गौतमले वल विकेटमा प्रहार गरे। त्यसक्रममा सुनील नारायण बाल बाल बाँचे।

सुनील नारायण क्रिस लिनसँग कोलकाताकालागि ओपनिङ गर्न मैदानमा उत्रिए। उनले पहिलो ओभरमा वलिङ गरिरहेका कृष्णप्पा गौतमको क्यास लगाए। सुनील नारायणले गौतमको ओभरमा दुई छक्का र दुई चौका प्रहार गरे। त्यसपछि अर्को ओभर वलिङ गर्न बेन स्टोक्स आए र उनले दोस्रो बलमा सुनील नारायणलाई आउट गरे। सुनील नारायणको क्याच गौतमले नै गरे। र उनले रिसमा त्यसतफ वल फ्याँके जहाँ सुनील नारायण दौडिरहेका थिए।

गौतमको पहिलो ओभरमा २१ रन भयो। र उनी राजस्थान रोयल्सकालागि सबैभन्दा महंगा पहिलो ओभर खेल्ने खेलाडी भए। पाँच वर्षपछि कुनै वलरको पहिलो ओभरमा यतिधेरै रन भयो। । अन्तिम पटक २०१३ मा मुम्बई इण्डियन्स विरुद्धको खेलमा हरभजन सिंहले केकेआर विरुद्ध २६ रन दिएका थिए। यसअघि कोलकाताले राजस्थानलाई १४२ रनमा अल आउट गरेको थियो।

राजस्थानकालागि जोस बटलरले सबैभन्दा धेरै ३९ रन बनाए। राहुल त्रिपाठीले २७ रनको पारी खेले। यी दुई बाहेक तेज बलर जयदेव उनादकटले १८ बलमा तीन चौका र एक छक्काको सहयोगमा २६ रन बनाए। राजस्थानकालागि कुलदीप यादवले सबैभन्दा धेरै चार विकेट लिए। प्रसिद्ध कृष्णा र आन्द्रे रसेलले दुई दुई विकेट लिए। शिवम मावी र सुनील नरेनले एक एक विकेट लिए।
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »