कुलदीप यादवको जालमा फस्यो राजस्थान रोयल्स

२ जेठ २०७५

banner

एजेन्सी। कोलकाता नाइट राइडर्सले मंगलबार इडन गार्डन्स स्टेडियममा भएको आइपीएलको ११ औं संस्करणको खेलमा राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ। कोलकताले पहिला वलिङ गर्ने निर्णय गर्दै राजस्थानलाई  १९ ओभरमा १४२ रनमा समेट्यो। मेजबान टीमले यो सजिलो लक्ष्यलाई १८ ओभरमा चार विकेटको क्षतिमा भेट्टायो।

कोलकाताकालागि क्रिस लिनले ४५ रन बनाए। कप्तान दिनेश कार्तिकले अविजित ३७ रनको पारी खेले। सनील नरेनले मात्र सात वलमा दुई चौका र दुई छक्काको सहयोगमा २१ रन बनाए। राजस्थान टीमले आक्रमक सुरुवातको फाइदा उठाउन सकेन। र, १९ओभरमा १४२ रनमा अल आउट भयो। राजस्थानको पहिलो विकेट ६३ को कुल स्कोरमा गुम्यो।

त्यसपछि उनले आफ्नो नौ विकेट ७९ रन बनाएर गुमायो। यसमा कोलकाताका कुलदीप यादवको मुख्य भूमिका रह्यो। जसले चार विकेट लिए।  लगातार विकेट गुम्न थालेपछि राजस्थानलाई १३० रन बनाउन पनि मुश्किल भएको थियो। तर, जयदेव उनादकटले अन्तिममा १८ बलमा तीन चौका र एक छक्काको सहयोगले २६ रनको पारी खेल्दै टीमको स्कोर पढाए। रा

राहुल त्रिपाठी (२७) र जोस बटल (३९) ले राजस्थानको राम्रो सुरुवात गरेका थिए। दुवैले पहिलो विकेटकालागि ४.५ ओभरमा ६३ रन बनाएका थिए।  कप्तान अजिंक्य रहाणे (११) कुलदीपको वलमा रिवस स्वीप खेल्ने प्रयास गर्दा ७६ कुल स्कोरमा बोल्ड भए। त्यसपछि राजस्थानको विकेट लगातार गुम्न पुग्यो। कुलदीपले नै बटलरको पारीको अन्त्य गरे। उनले ८५ को कुल स्कोरमा क्याच गराए।

संजु स्यामसनको ब्याटिङ पनि सुनील नरेनको अगाडि चल्न सकेन। उनले ९५ कुल स्कोरमा आउट भए। दुई रनपछि स्टुअर्ट बिन्नीलाई कुलदीपले कातिकको हातमा स्पम्प गराएर राजस्थानलाई पाँचौ झड्का दिए। कृष्णप्पा गौतम (३), बेन स्टोक्स (११) र इस सोढी (१) ले पनि टीमलाई बचाउन सकेनन्। राजस्थानले १२८ रनको कुल स्कोरसम्म आफ्नो आठौं विकेट गुमाइसकेको थियो। त्यसपछि जयदेवले संघर्ष गरे र केही राम्रो शट प्रहार गरे। उनी अन्तिम विकेटका रुपमा आउट भए। कुलदीप बाहेक प्रसिद्ध कृष्णा र रसेलले दुई दुई विकेट लिए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »