स्वस्थ र भाग्यमानी बच्चाका लागि गर्भवतीले जप्नै पर्ने खास मन्त्र

२ जेठ २०७५

banner

एजेन्सी । हरेक गर्भवती महिलाको चाहाना हुन्छ, आफ्नो सन्तान स्वस्थ र भाग्यमानी बनोस्। उसको जीवनमा कोही दुख पीडा नआउन। ज्योतिषाचार्य प्रफुल्ल भट्टले गर्भवती महिलाले आफ्नो सन्तानका स्वास्थ र भाग्यमानी बनाउन १ खास मन्त्रका बारेमा उल्लेख गरेका छन्। उनका अनुसार प्रत्येक विहान गर्भवती महिलाले उक्त मन्त्र जप्दा पेटको सन्तानमा सकारात्मक असर पर्ने र शिशु स्वस्थ र सुन्दर रहने उल्लेख गरेका छन्। 

भर्गवती महिलाले जुन बेला पनि उक्त मन्त्र जप सुरु गर्न सक्ने उल्लेख गरेका छन्। 

यस्तो छ मन्त्र :
रक्ष रक्ष गणध्यक्ष : रक्ष त्रैलोक्य नायकः। 
भक्त नाभयं कर्ता त्राताभव भवार्णवात् ।। 


यी मन्त्र जप गर्ने नियम 
१ यो मन्त्र जप गर्दा भगवान गणेशको प्रतिमा वा तस्वीर अगाडि राखेर गर्नु पर्दछ। 

२ मन्त्र जप गरेपछि भगवान श्रीगणेशलाई मन पर्ने मोतीचूरको लड्डु समेत चढाउनु पर्दछ। 

३ त्यसपछि महिला स्वयमले अलिकति प्रसाद लिने र अरु प्रसाद बाँकी परिवारलाई बाँडदिनु पर्दछ। 

४ यस मन्त्रको प्रतिदिन कमसेकम एक माला अर्थात १०८ पटक जप गर्नु पर्दछ। यदी सम्भव भएसम्म महिलाको गर्भवती हुने समय नजिकिदै गर्दा मालाको संख्या बढाउन पनि सकिनेछ। 

५ गर्भवती महिलाले सूर्य वा चन्द्र देखिएपछि उक्त मन्त्रको जव गर्न हुँदैन र यो जप एकान्त स्थानमा वा कोठाको राम्रो आसनमा बसेर गर्नु राम्रो मानिन्छ।  
 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष