४० जना सवार डुङ्गा पल्टिदा २३ जना वेपत्ता, १७ को उद्धार

२ जेठ २०७५

banner

एजेन्सी । आन्द्र प्रदेशस्थित गोदावरी नदीमा ४० जना सवार डुङ्गा पल्टिदा २३ जना बेपत्ता भएका छन्। डुङ्गामा सवार १७ जनाको भने सकुशल उद्धार भएको छ। 

विजयवाडा र विशाखापट्नममा पुगेको एनडीआरएफ र एसडीआरएफको टोलीले वेपत्ता व्यक्तिको खोजीकार्य गरिरहेको छ। 

डुङ्गा कोडमोदलुबाट राजामहेन्द्रवरम तर्फ गइरहेको थियो।  उक्त डुङ्गामा सवार १० जनाले पौडी खेलेर आफ्नो ज्यान बचाएका थिए भने ७ जनाको स्थानीयले उद्धार गरेका थिए। क्षमता भन्दा बढी यात्रु सवार भएका कारण डुङ्गा दुर्घटना भएको आशंका गरिएको छ।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »