मकालु एयरको जहाज दुर्घटना, दुबै पायलटको मृत्यु

२ जेठ २०७५

banner

काठमाडौँ । सुर्खेतबाट उडेको मकालु एयरलाइन्सको जहाज हुम्लाको बाहुन खर्कमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ।  दुर्घटनामा जहाजमा सवार चालक र सहचालकको ज्यान गएको छ। 

९ एन एजेयु कल साइनको उक्त जहाज पहाडमा ठोक्किएर अग्रभाग मैदानमा धस्सिएको अवस्थामा फेला परेको छ। जहाज क्षतविक्षत अवस्थामा भेटिएको छ भने जहाजले बोकेका सामान छरप्रस्ट बनेका छन्। 

आज बिहान ६ बजेर १२ मिनेटमा सुर्खेत विमानस्थलबाट उडेको उक्त जहाज उडान भरेको केही समयदेखि नै सम्पर्कविहीन थियो। 

उक्त जहाजमा सवार क्याप्टेन किरण भट्टराई र अर्को सहचालक आदित्य नेपालीले ज्यान गुमाएको पुष्टी भएको छ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले विज्ञप्ति जारी गर्दै विमान दुर्घटना भएको जानकारी दिएका छन्। 


 

Leave a reply

HTML Tags are not supported

Post My Comment »