आईपीएल हेर्ने अनुष्काको अनौठो तरिका, ‘जीरो’ को सेटमा विराटको खेल

२ जेठ २०७५

banner

एजेन्सी। जब आईपीएलको ११ औं सीजन सुरु भयो त्यतिबेला देखि बलिउड अभिनेत्री अनुष्का शर्माले आफ्ना श्रीमानले खेलेका सबै खेल हेर्ने कोशिस गरिन्। तर विराटले खेलेका सबै खेल हेर्न उनकालागि संभव भएन। किनभने उनी आफ्नो  फिल्मको शुटिङमा व्यस्त थिइन्।  

हालै अनुषका आफ्नो फिल्म ‘जीरो’ को सेटमा थिइन्, त्यतिबेला उनले आईपएल हेर्ने अनौठो तरिका निकालिन्। अनुष्काले मेकअप गराउँदै जीरोको सेटमा आफ्नो फोनमा नै खेल हेरेर आनन्द लिँदै विराटकालागि चियसै गरिन्।

अनुष्काले सोमबार इन्दौरको होल्कर स्टेडियममा भएको रोयल च्यालेन्र्जस बेंगलुरु आरसीबी र किंग्स इलेभव पंजाबबीचको खेलका क्रममा आफ्ना श्रीमान र आरसीबीको हैसला बढाइन्।

अनुष्काले आफ्नो इन्स्टाग्राम स्टोरिजमा केही फोटो पोस्ट गरेकी छन्। जसमा उनी खेल हेर्दै गरेको देखिएको छ। अनुष्का जब स्टेडियममा हुन्छिन्, तब त्यसैगरी विराट र टीमलाई चियर्स गछिन्। सोमबार भएको खेलमा आरसीबीले किंग्ल इलेवन पंजाबलाई दश विकेटले पराजित गरेको थियो।

अनुष्का शर्मा र विराट कोहलीले डिसेम्बर २०१७ मा इटलीमा विवाह गरेका थिए। फिल्म जीरोको कुरा गर्दा यसमा अनुष्का बाहेक शाहरुख खान र कैटरिना कैफको मुख्य भूमिका छ।

अनुष्काले एक अर्को तस्वीर पोस्ट गरेकी छन्। जसमा उनले विराट कोहलीको नामको टी–शर्ट लगाएकी छन्। उक्त टी–शर्टमा  १८ नम्बर लेखिएको छ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »