एमाले र माओवादी केन्द्रबीच बिहीबार साँझ एकता गर्ने तयारी

२ जेठ २०७५
banner

फाइल फोटो

काठमाडौं। एमाले र माओवादीबीचको एकता टर्दै गएको अड्कलबाजी भइरहेका बेला बुधबार एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालबीच बालुवाटारमा एकताका विषयमा छलफल भयो।

आफ्ना निकटका नेता साथमा राखेर भएको छलफलपछि ओली र दाहालले संचारकर्मीसामु मुस्कुराउँदै फोटोसमेत खिचाए।  बैठकमा दुवै नेता चाँडो पार्टी एकता गर्न सहमत पनि भए। उनीहरुले बिहीबार पार्टी एकता संयोजन समितिको बैठक बोलाउने सहमति गरेका छन्। 

स्रोतका अनुसार भोलि नै दुवै पार्टीबीच एकता हुने तय भएको छ। जसकालागि एमालेले बिहीबार पार्टी एकताका विषयमा छलफल गर्न भन्दै आकस्मिक केन्द्रीय समितिको बैठक बोलाएको छ। एमाले र माओवादीबीच बिहीबार मदन भण्डारीको स्मृति दिवस पारेर एकता गर्ने सहमति भएपछि सोको जानकारी दिन एमालेले आकस्मिक रुपमा केन्द्रीय कार्य कमिटीको बैठक बोलाएको हो। भण्डारीको स्मृतिमा भोली बिहान मदननगर बुल्खुमा विशेष कार्यक्रम आयोजना गरिएको छ । जहाँ विशेष वक्ताको रुपमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनेछन् ।

बैठक बिहीबार ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने पार्टी कार्यालय सचिव कष्णगोपाल श्रेष्ठले जानकारी दिए। श्रेष्ठले बुधबार एक विज्ञप्ति जारी गर्दै पार्टी एकताको कार्यसूचीमा एमालेको केन्द्रीय कमिटीको आकस्मिक बैठक बिहीबारलाई बोलाएको जनाएका छन्।

पार्टी एकताका विषयमा विभिन्न टिका–टिप्पणी आइरहेका बेला पार्टी एकता गर्नकै लागि केन्द्रीय कमिटीको नवौं बैठकले निष्कर्ष निकाल्ने छ। पार्टी एकाताको मिति घोषणा गर्ने कमिटीको यो नै अन्तिम बैठक हुन सक्ने एमालेले जनाएको छ। माओवादी निकट स्रोतका अनुसार बिहीबार साँझ पाँच बजे दुई दलबीच एकताको घोषणा हुनेछ।  

ओली र दाहालबीच बजेट ल्याउनु अगाडि नै पार्टी एकता गर्ने गरी गृहकार्य भइरहेको स्रोतले जनाएको छ। दुई दलबीच सरकारको नीति तथा कार्यक्रम अगाडि नै पार्टी एकता गर्ने तयारी भइरहेको र त्यसो हुन नसके बजेट अगाडि नै एकता गर्ने गरी छलफल भइरहेको स्रोतको दाबी छ।
सरकारले यही जेठ सात गते नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ भने जेठ १६ मा बजेट ल्याउनु पर्ने संवैधानिक व्यवस्था छ। 

ताजा भिडियो

टुडिखेलमा प्रधानमन्त्रीको सम्बोधन र मञ्चका दृश्यः सन्दर्भ प्रजातन्त्र दिवस । PM KP Oli Speech .

संघीयता कार्यान्वयनमा असमझदारी: केन्द्र भर्सेज प्रदेश सरकार ।

संसदमै लुट्न सके लुटको दोहोरीः सत्ता र प्रतिपक्ष सांसदले तलव दान गर्ने घोषणा । Lutna Sake Lut l

हामीलाई कुकुर भन्ने ? युवा संघ अध्यक्ष रमेश पौडेलको आक्रोश । Lutna Sake Lut l Pashupati Sharma l