बाँदरको नाममा गरिदिइन सम्पत्ती, उसको मत्यु पछि घरमा बनाईन मन्दिर

२ जेठ २०७५

banner

रोचक । आज हामी तपाईंलाई घरमा पालेको जनावर प्रति मानिसले कति सम्म स्नेह देखाउन सक्छ भन्ने एउटा रोचक समाचारका बारेमा जानकारी गराउँदै छौं ।

एउटी महिलाले आफुले पालेको बाँदरको नाममा आफ्नो संपूर्ण सम्पती गरिदिइन् । गत वर्ष उक्त घरपालुवा बाँदरको मृत्यु भएपछि यी महिलाले आफ्नो सम्पूर्ण सम्पती त्यो बाँदरको नाममा गरिदिएकी हुन् ।

गत वर्ष उक्त बाँदरको मृत्यु भएपछि आफ्नो घरमा उसको मंदिर पनि बनाउन लगाइन् । अनि हिजो मंगलबार मंदिरमा राम, लक्ष्मण, सीताको साथै बाँदरको मूर्तिको नाममा प्रतिष्ठा पनि स्थापना गरिन् ।

उक्त अवसरमा छिमेकी लगायत साधुसन्त हरुका लागि भोजको व्यवस्था पनि गरिन् । महिलाले आफ्नो घरको नाम पनि बाँदरको नामबाट चुनमुन रोखेकी छिन् ।  समाचार छिमेकी मुलुक भारतको रायबरेली भन्ने ठाउँकोे हो ।

साबिस्ता बृजेश नाम गरेकी कवियित्रीले उक्त बाँदर सन २००५ देखि आफूसँग राख्दै आएकी हुन् ।  

साबिस्ता मुस्लिम हुन् तर पनि आफ्नो घरमा मंदिर बनाइन् । साबिस्ताका आमा बुवा हिन्दु हुन् । सबिस्ताले मुसलमान सँग बिवाह गरिन् । उनको सन्तान छैन । सन्तान नभएपछि उनले यो बाँदर तीन महिनाको हुँदा एउटा बाँदर नचाउनेसँग किनेकी थिइन् ।

चुनमुन हाम्रो निम्ति भाग्यशाली साबित भयो साबिस्ता भन्छिन् । यो हाम्रो घरमा आएसँगै हामिले लिएको श्रृण मात्रै तिरे नौ हामीले हाम्रो आर्थिक हैसियत पनि बलियो हुँदै गयो । 

साबिस्ताले बाँदरका लागि घरमा तीन वटा कोठाहरु विशेष तवरले सजाएर राखेकि थिइन् । चुनमुनको कोठामा एसी र हीटर जडान गराएकी थिइन् । 

आफ्नो सन्तान नभएपछि साबिस्ताले चुनमुनलाई आफ्नो छोरा मानेकी थिइन् । चुनमुनको नाममा एउटा संस्था खोलिन र आफ्नो संपूर्ण सम्पती उसको नाममा गरिदिइन् । सन् २०१० चुनमुनको बिबाह छिमेकी गाउँको अशोक यादव नामका व्यक्तिको बाँदरसँग गराई दिइन ।

सबिस्ता चुनमुनको बिबाह भएको दिन पारेर प्रत्येक वर्ष भोजको आयोजना गर्छिन । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष