निजी क्षेत्रको विकासका लागि वातावरण बनाउने तीन मुख्यमन्त्रीको प्रतिवद्धता

२ जेठ २०७५

banner

काठमाडौँमा बुधबार आयोजित नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको बृहत राष्ट्रिय सम्मेलनमा प्रदेश–१ का मुख्यमन्त्री शेरधन राई, प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतलगायत । तस्बिर : रासस

काठमाडौं। मुख्यमन्त्रीहरुले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन्। प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

काठमाडौंमा आयोजित नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको ५ औं वार्षिक साधारण सभामा बोल्दै तीनै जना मुख्यमन्त्रीहरुले नयाँ नेपाल निर्माणका लागि निजी क्षेत्रका व्यवसायीहरुले नयाँ सोचका साथ अघि बढनुपर्नेमा पनि जोड दिए। प्रदेश १ का मुख्यमन्त्री राईले नयाँ नेपाल निर्माण अभियान जुटन निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे।

उनले मुलुकलाई समृद्ध बनाउने संकल्प पूरा गर्न सबैले आ–आफ्नो ठाउँबाट योगदान दिन ढिलाई गर्न नहुनेतर्फ पनि गम्भिर ध्यानाकर्षण गराए। नयाँ नेपाल निर्माणका लागि व्यवसायीहरुले उत्साहका साथ अघि बढने वातावरण मुलुकमा बनेको मुख्यमन्त्री राईको दावी छ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले निजी क्षेत्रको विकासका लागि आवश्यक वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरे। उनले विगतमा नीति र नियत ठिक नभएका कारण मुलुक पछि परेको उल्लेख गर्दै अव त्यसो हुन नदिने दावी गरे। मुख्यमन्त्री राउतले प्रदेश २ मा निजी क्षेत्रका व्यवसायीहरुलाई अघि बढाउन आवश्यक वातावरण बनाउने घोषणा पनि गरे। 

प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले संघीयताको मर्म अनुसार अघि बढन निजी क्षेत्रका व्यवसायीहरुलाई आग्रह गरे। उनले निजी क्षेत्रमार्फत् समृद्धि ल्याउने आशा र भरोसा पूरा गर्न व्यवसायीहरु समक्ष हुने विश्वास पनि व्यक्त गरे। 

स्वदेशमै रत्न/पत्थरको उत्खनन्, प्रशोधन गरेर अघि बढने संकल्पसहित महासंघको ५ औं वार्षिक साधारण सभा आयोजना गरिएको छ। साधारण सभाले महासंघको भावी नीति र नेतृत्व पनि चयन गर्नेछ। महासंघका अध्यक्ष रमेश महर्जनले नयाँ नेतृत्वले संघीयताको मर्म अनुसार सुनचाँदी व्यवसायलाई अघि बढाउने विश्वास व्यक्त गरे। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »