अब साढे तेह्र हजारमा दिल्लीबाट अमेरिका उड्न पाइने

२ जेठ २०७५
banner

एजेन्सी । अब सस्तो दरमा दिल्लीबाट अमेरिका जाने धेरैको सपना पुरा हुने भएको छ। आइसल्याण्डको बजट एयरलाइन्स वाओले दिल्लीबाट उत्तर अमेरिका जानका लागि सुविधा सुरु गर्न लागेको हो। 

जसबाट तपाई जम्मा १३ हजार ४९९ रुपैयाँमा अमेरिका जान सक्नुहुनेछ। यो दिल्लीबाट अमेरिका जानका लागि अहिलेसम्मकै सस्तो भाँडादर हो। अहिले दिल्लीबाट अमेरिका जानका लागि हवाई टिकट ६१ हजार ४६४ रुपैयाँ छ। कम्पनीले यो वर्षको अन्तमा यो सुविधा सुरु गर्दैैछ। 

यसका लागि टिकट बुकिङ भने खुल्ला भइसकेको छन्। सुरुवाती भाँडादर १३ हजार ४९९ रुपैयाँ हुनेछ। 

आइसल्याण्डको सबै भन्दा छोटो रुट भएर उड्ने फ्लाइट कम फ्यूलमा अमेरिका पुग्ने कम्पनीले दाबी गरेको छ। त्यसैले यो रुट भएर जाने यात्रुलाई सस्तो टिकट दिन थालिएको हो। 

विशेष

ताजा भिडियो

प्रधानमन्त्रीको जवाफपछि गगन थापाको प्रतिकृया । Gagan Thapa's comment on PM KP Oli's Speech ।

प्रधानमन्त्री ओलीको सम्बोधन पछि कांग्रेसको ढ्याप ढ्याप, एमाले सांसदको आपत्ति । Samsad Baithak l

प्रधानमन्त्री ओली र गगन थापाकाे सवाल जवाफ ।PM Kp Oli vs Gagan Thapa ।

सांसद मिनेन्द्र रिजालको प्रश्न प्रधानमन्त्री ओलीलाई लाग्यो- 'अनौठो' l PM KP Oli VS Minendra Rijal l