मलाई रोनाल्डोसँग नदाज्नु, विश्व उत्कृष्ट खेलाडीको झमेलामा पर्न चाहान्न : मेस्सी

२ जेठ २०७५

banner

एजेन्सी । एक दशक यता विश्व फुटबलमा चर्चा हुन्छ त केबल मेस्सी र रोनाल्डोकै । दुवैको स्तरिय खेलले उत्कृष्ट अवार्डहरुपनि हात पारेको छ । मेस्सी र रोनाल्डो को उत्कृष्ट ? भन्ने विषयले फुटबल पण्डित देखि खेल समर्थकहरुको मत भिन्नता देख्न सकिन्छ ।

यस्तोमा पाँच पटकका बालुन डि ओर विजेता अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सीले आफूलाई अर्का सुपरस्टार क्रिस्टियानो रोनाल्डोसँग नदाज्न आग्रह गरेका छन् । उनले भने “ मलाई रोनाल्डोसँग नदाज्नु, को विश्व उत्कृष्ट खेलाडी हो भन्ने झमेलामा म पर्न चाहान्न ।”

मेस्सीले आफूले कहिल्यै आफूलाई अन्य खेलाडीसँग नदाजेको पनि बताए । उनले आफू फुटबल मैदानभित्र जहिल्यै आफ्ना प्रतिद्वन्द्विभन्दा उत्कृष्ट हुन चाहेको बताए ।

मेस्सीले मैदान बाहिरको टिका टिप्पणीले विश्व उत्कृष्ट खेलाडी नहुने बताउँदै भने “म जहिल्यै आफूलाई सुधारगर्दै लान चाहान्छु । उत्कृष्ट प्रदर्शन गर्न चाहान्छु र टिमका लागि खेल्न चाहान्छु । मेरो टिमले जित्नुनै मेरो  सफलता हो ।”

मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै यस पटक फुटबल क्लब बार्सिलोनाले स्पेनिस ला लिगा र कोपा डेल रेक कप जितेको छ । आगामी महिना हुने रुस विश्वकपको तयारीका लागि रहेका मेस्सीले यस पटक स्पेनिस पीचीची अवार्ड र युरोपियन गोल्डेन बुट अवार्ड जित्ने निश्चित भएको छ ।

मेस्सीले यस सिजन घरेलु लिगमा ३४ गोल गरिसकेका छन् । उनले स्पेनिस ला लिगामा अझै एक खेल खेल्नबाँकी छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »