अनौँठो विवाह, मण्डपमा औषधि स्टल, बेहुलीका घरमा १२ डाक्टर

२ जेठ २०७५

banner

एजेन्सी । विवाह भन्ने वित्तिकै नौमति बाजाको सम्झना हुन्छ। तर एक जोडीको विवाहमा भने अनौँठो कार्य देखिएको हो। 

विवाह मण्डपमा औषधि स्टल खडा गरिएको थियो भने जहाँ बेहुला बेहुलीसहित १२ डाक्टरको टोलीले विवाहमा सहभागी हुने व्यक्तिको चेकअप गरिरहेका थिए। यो घटना भारतको महाराष्ट्रस्थित बिड जिल्लाको हो। त्यहाँका जाधव परिवारमा यो सबै दृष्य देखिएको थियो। 

मण्डपमा बेहुला बेुलीले पहिले विरामीको चेकअप गरेर आवश्यक औषधि दिए र पछि मण्डपमा सात फेरा लिएका थिए। स्त्री रोग विशेषज्ञ रहेका अंबादासकी छोरी डा रोहिणीको विवाह डा योगेश पडोलसँग भएको थियो। घरमा १२ डाक्टर भएका कारण अंबादास परिवारले केही अलग तरिकाले रोहिणीको विवाह गरेका हुन्। 

विवाहमा बेहुला बेहुलीले क्याम्प लगाएर त्यहाँ सहभागी सबै विरामीको चेकअप गरेर आवश्यक औषधि समेत उपलब्ध गरेका थिए। साथै गम्भिर प्रकारका विरामीले उनीहरुले अस्पताल समेत रिफर गरेका थिए।  

Leave a reply

HTML Tags are not supported

Post My Comment »