‘तेस्रो नेपाली कार्यशाला गोष्ठी’ यसरी सम्पन्न भयो क्यानडामा

२ जेठ २०७५

banner

क्यानडा । ‘तेस्रो नेपाली कार्यशाला गोष्ठी’ सम्पन्न भएको छ । क्यानडामा नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा र नेपलिज क्यानेडियन सोसाइटी अफ एडमन्टन,  क्यानाडाले संयुक्त रुपमा सम्पन्न भएको छ ।

युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा ‘तेस्रो नेपाली कार्यशाला गोष्ठी’ सम्पन्न गरेको छ। क्यानाडाको अल्बेर्टा तथा अन्य स्थानहरुमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुचि राख्ने करिब ६० जना नेपाली बिज्ञ र अनुसन्धानकर्मीहरुको उपस्थिति रहेको थियो।  
ईन्जिनियरिङ्ग, स्वास्थ्य बिज्ञान र पशुचिकित्सा, विकास तथा सामाजिक विज्ञान र प्राकृतिक तथा वातावरणीय विज्ञान गरी ४ वटा सत्रमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

 

उक्त कार्यशाला प्रस्तुत केही कार्यपत्रहरु ति नेपालका बिभिन्न क्षेत्रसँग सम्बन्धित पनि रहेका थिए । आयोजक संस्था नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टाका संयोजक उज्वल तिवारीले उक्त कार्यक्रम उपस्थित सहभागीहरु, कार्यपत्र प्रस्तोताहरु, कार्यशालाको बिभिन्न चरणहरुका अध्यक्षता गर्ने प्राज्ञिक व्यक्तित्वहरुलाई स्वागत गर्दै कार्यशालाको सुरुवात गरेको छ।

अल्बेर्टा राज्यको भौतिक पुर्वाधार मन्त्रालयमा उर्जा तथा वातावरण बिशेषज्ञरुपमा कार्यरत डा. अर्जुन बहादुर केसीले नेपालमा बिद्युतीय सवारी साधनको आवश्यकताको बारेमा प्रस्तुती गरिएको थियो । राष्ट्रको व्यापार घाटा कम गर्न, पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनले गर्ने प्रदुषण काम गर्न, चाइना र भारतले पनि आगामी दशकमा पेट्रोलियम पदार्थ प्रयोग गर्ने सवारी साधनको बेचबिखन न्युन वा अन्त्य गर्न कदम चालिसकेको अवस्थामा नेपालले पनि बिद्युतिय सवारी साधनको प्रबर्ध्दन गर्न आवश्यक नीति नियम र संरचनाहरु बनाउन ढिला भइसकेको औंल्याएको छ ।

विश्वको बढ्दो तापक्रमको असर हिमालय क्षेत्र उच्च रहेको कारणले हिमतालहरु फुट्ने जोखिम पनि बढ्दो भएको हिमतालका तल्लोक्षेत्रमा आपतकालीन तैयारी र व्यवस्थापनको कार्यक्रम बनाउने पर्नेमा बिज्ञहरुले जोड दिएका छन।

रिजाइना शहरका शहरी योजनकर्ता डा. पुण्यसागर मरहट्टाले राजनैतिक रुपमा नेपाल कसैको पनि उपनिबेश नभएता पनि संस्कृतिकरुप हामी उपनिबेशबाट मुक्त हुन नसकेको बताएका छन । नेपालका विशेष गरी काठमाडौंमा विकासको नाममा कसरी हाम्रो संकृति र ऐतिहासिक तथा पुरातात्विक संरचनाहरुको कसरी बिनास गरियो भनेर रानीपोखरीको उदाहरण सहित आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »