सहिद स्मारक ‘ए’ डिभिजन लिग असोजमा हुने, खेलाडीहरु हर्षित

२ जेठ २०७५

banner

काठमाडौं । करिब चार वर्ष यता हुन नसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग आसोजमा हुने पक्का भएको छ ।  बुधबार अखिल नेपाल फुटबल संघ एन्फाको मुख्यालय ललितपुरमा बुधबार बसेको बैठकले प्रतियोगिता असोज १३ देखि माघ १६ गतेसम्म चल्ने घोषणा गरेको हो ।

कर्मा छिरिङ नेतृत्वको नयाँ कार्यसमिति एन्फामा निर्वाचित भएपछि समितिले ए डिभिजन राष्ट्रिय लिग आयोजना गर्ने उद्ध्घोष गरेको थियो । बुधबारको बैठकले प्रत्यक टोलीले लिगका लागि कम्तीमा १८ खेलाडी दर्ता गर्नुपर्ने प्रावधान बनाएको छ । तर एक टिमले ३५ खेलाडीसम्म राख्न सक्छन् ।

यसपटकको प्रतियोगितामा १४ टोलीले प्रतिस्पर्धा गर्नेछन् । लिगमा नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब, रुस्लान थ्री स्टार क्लब, लक्ष्मी हुण्डाई मनाङ–मस्र्याङ्दी क्लब, जावलाखेल युथ क्लब समावेश छन् ।

यस्तै फ्रेन्डस् क्लब, संकटा क्लब, मच्छिन्द्र क्लब, सरस्वती युवा क्लब, च्यासल युथ क्लब, न्युरोड टिम (एनआरटी), ब्रिगेड ब्वाइज क्लब हिमालयन शेर्पा क्लबले ए डिभिजनमा प्रतिस्पर्धा गर्नेछन् । च्यासल र एनआरटी भने ‘बी’ डिभिजन बाट पछिल्लो पटक ए डिभिजनमा बढुवा भएका टोली हुन् । 

एन्फाले खेल मैदानको बारेमा भने केहि जानकारी दिएको छैन् । राष्ट्रिय खेलकुद परिषद्ले नेपाली खेलकुदको पावर हाउसको रुपमा चिनिएको रंगशाला अबको तिन महिनाभित्र पुननिर्माण भईसक्ने बताएको छ । रंगशाला चाँडै पुननिर्माण भए खेल दशरथ रंगशालामै हुने अनुमान गरिएको छ । 

के भन्छन् राष्ट्रिय टोलीका कप्तान विराज महर्जन ? 

वि.सं २०७० सालयता हनु नसकेको प्रतियोगिता आसोजमा हुने भएपछि नेपाली फुटबल खेलाडीहरु खुशी भएका छन् । मनाङ मस्र्याङ्दी क्लबमा आवद्ध नेपाली राष्ट्रिय टोलीका कप्तान विराज महर्जनले ‘ए’ डिभिजन प्रतियोगिता हुने भएपछि आफू एकदमै खुशी भएको बताएका छन् ।

‘ए’ डिभिजनका खेल स्तरीय हुने भएकाले सम्पूर्ण खेलाडीको क्षमता प्रतियोगिताले देखाउने महर्जनको भनाई छ । करिब ४ बर्षयता प्रतियोगिता हुन नपाउँदा आफूहरु मोफसलका खेलहरुमा सक्रिय हुन परेको उनको गुनासो छ ।

मोफसलको खेलले आफूहरु व्यस्त त हुने तर स्तरीयताको हिसाबले ए डिभिजन खेल अपरिहार्य रहेको उनको भनाई छ । महर्जनले भने “लामो समयपछि ए डिभिजन खेल हुन लागेको छ । म एकदमै खुशी छु ।

ए डिभिजनमा सबै उत्कृष्ट समावेश भएका हुनाले खेलहरु प्रतिस्पर्धात्मक हुन्छन् । प्रतिस्पर्धात्मक खेल भएपछि राम्रा खेलाडीको जन्म हुन्छ ।” उनले आपूmले यस प्रतियोगितालाई लामो समयदेखि कुरेर बसेको प्रतिक्रिया दिए । 

Leave a reply

HTML Tags are not supported

Post My Comment »