
एजेन्सी । अजय देवगन चढेको हेलिकोप्टर महाबलेश्वरमा दुर्घटना भएको समाचार एकाएक भाइरल भयो। यहाँ सम्मकी अजय देवगन घाइते भएको तस्वीर समेत सार्वजनिक भयो। तर उक्त दुर्घटनाको वास्तविकता बुझ्न खोज्दा उक्त समाचार सरासर फेक थियो।
मंगलबार साँझ अजय चढेको हेलिकोप्टर दुर्घटना भएको फेक न्यूज एकाएक भाइरल बनाइएको थियो। तर उक्त समाचार झुटो भएको र अजय पूर्ण रुपमा सुरक्षित रहेको त्यहाँको सुरक्षा निकायलाई उदृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
महाबलेश्वरको स्थानीय प्रहरीले अजय देबगनका बारेमा जानकारी दिदै उक्त समाचार झुटो भएको पुष्टी गरेको समाचारमा जनाइएको छ। त्यहाँको प्रहरीले भनेको छ, अजय देवगनको जुन म्यासेज व्हाट्सअपमा भाइरल भइरहेको छ त्यो पूर्ण रुपमा गलत हो। कसले उक्त गलत समाचार फैलाएको भन्ने बारे अनुसन्धानमा प्रहरी जुटेको समाचारमा उल्लेख छ।