नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा मोदीको नेपाल भ्रमणबारे कडा आलोचना

२ जेठ २०७५

banner

अमेरिका । नेपाली जनसम्पर्क समिति अमेरिकाद्धारा मोदीको नेपाल भ्रमणबारे कडा आलोचना गरेका छन् । मोदीको नेपाल भ्रमण नेपालको हित बिपरित आफ्नो स्वार्थको लागि भ्रमण भएको भन्दै बिरोध जनाएका छन् ।

दुई दिने नेपाल भ्रमणको बेलामा उब्जिएका प्रत्येक घटनालाई नियाल्दा एउटा स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ठाडो हस्तक्षेप गरी निर्मम प्रहार भएको एक बिज्ञप्तीमा उल्लेख गरेको छ । 

हेर्नुहोस् विज्ञप्ती जस्ताको त्यस्तै
                                                                                            प्रेस–विज्ञप्ती
मित्र राष्ट्र भारतको प्रधानमन्त्री नरेन्द्र दामोदर मोदीको वैशाख २८ गते राजकीय नेपाल भ्रमणको अवधिमा भारतीय सांसद, नेपाल सरकार र दुई नम्बर प्रदेशका मुख्य मन्त्री एवं प्रदेश सरकारले गरेका गम्भीर त्रुटि, कृयाकलाप र आपत्तिजनक अभिव्यक्तिहरू प्रति हामी प्रवासमा बस्ने आम नेपालीको बिशेष ध्यानाकर्षण भएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको बेलामा उब्जिएका प्रत्येक घटनालाई नियाल्दा एउटा स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ठाडो हस्तक्षेप गरी निर्मम प्रहार भएको ठहर नेपाली जनसम्पर्क समिति अमेरिकाले गरेको छ ।

प्रधानमन्त्री मोदीको नेपाल भ्रमण कै समयमा एउटा स्वतन्त्र र सार्वभौम राष्ट्र नेपालको भु–भाग जनकपुरलाई भारतमा मिलाउनु पर्छ भनेर अभिव्यक्ति दिने भारतीय सत्तासीन पार्टीका सांसद कीर्ति आजादको अभिव्यक्तिप्रति संगठनले घोर निन्दा र भर्त्सना गर्दै, चाँडो सरकारले कुटनीतिक पहल गरी यस बिषयलाई सम्बोधन गर्न जोडदार माग गरेको छ।

त्यस्तै प्रदेश न. २ का मुख्यमन्त्री लालबावु राउतले कुटनीतिक मर्यादालाई भुलेर मोदीसामु दिएको गैरजिम्मेवारीपूर्ण अभिव्यक्त्ति, नागरिक सर्वोच्चता र लोकतान्त्रिक राज्य व्यवस्था माथि ओली सरकारले गरेको ठाडो कम्युनिष्ट अधिनायकवादी हस्तक्षेप, गम्भीर व्यवस्थापकीय त्रुटिका कारण भएको नेपालको राष्ट्रिय झण्डाको अपमान, नेपाली भुगोलमा भारतीय सेना र कमाण्डोको हस्तक्षेपकारी उपस्थिति, र जनतालाई सुचिचित गराउँने नेपाली सञ्चारकर्मीलाई मोदीको भ्रमणमा बामगठबन्धनको सरकारले गरेको प्रवेश निषेध, लगायतले स्वाधीन राष्ट्रको स्वाभिमानी नेपालीलाई गहिरो चोट पुर्याएको छ । त्यसैले यस्ता किसिमका आपत्तिजनक गतिविधिको नेपाली जनसम्पर्क समिति अमेरिकाले कडा आपत्तिका साथ घोर निन्दा र भर्त्सना गर्दछ । 

पीडादायक भारतीय नाकाबन्दीलाई नेपाली जनताले बिर्सिएका छैनन् । नेपाल भ्रमणको बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओली दुवैले नाकाबन्दीको बारेमा सम्बोधन नगरेको प्रति संगठनले खेत प्रकट गर्दै, यो एउटा गम्भीर भुल भएको ठहर गरेको छ । 

राष्ट्रवादी गठबन्धनको मुकुण्डो लगाएर प्रधानमन्त्री बनेका खड्क प्रसाद ओलीले नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सामु लत्रिए्र नाङगिएपछि सार्वभौम नेपालको राष्ट्रिय अस्मिता नै यतिवेला खतरामा भएको आभाष हाम्रो संगठनले गरेको छ । त्यसैले मुलुकको राष्ट्रियता, सार्वभौमिकता र अखण्डता नै केही खकुलो र कमजोर बनी चरमराएको यो बेलामा सारा देश र विदेशमा भएका आम नेपालीलाई स्वतन्त्र सार्वभौम स्वाधीन राष्ट्र नेपालको, राष्ट्रियता, अखण्डता, सार्वभौमिकता र लोकतान्त्रलाई बलीयो र मजबूद बनाउँनका निमित्त एक ढिक्का भईदिनहुन नेपाली जनसम्पर्क समिति अमेरिका हार्दिक बिनम्र अनुरोध गर्दछौं । धन्यवाद, जय नेपाल ।

मुनिन्द्र नेम्बाङ (महासचिव)
नेपाली जनसम्पर्क समिति अमेरिका

Leave a reply

HTML Tags are not supported

Post My Comment »