अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा टेलिकम प्रथम

२ जेठ २०७५

banner

काठमाडौँ । सार्वजनिक संस्था कर्मचारी संगठन नेपाल राष्ट्रिय समितिले आफ्नो २९औँ स्थापना दिवसका अवसरमा आयोजना गरेको अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा नेपाल टेलिकम समूह ‘ए’ प्रथम भएको छ। 

प्रज्ञा भवन कमलादीमा आज सम्पन्न भएको सो प्रतियोगितामा नेपाल दूरसञ्चार प्राधिकरण समूह द्वितीय र नेपाल टिम्बर कर्पोरेशनको समूह तृृतीय भएका छन्। 

प्रतियोगितामा नागरिक उड्डयन प्राधिकरण, नेपाल सांस्कृतिक संस्थान, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टिम्बर कर्पोरेशन, नेपाल टेलिकम ‘ए’ र नेपाल टेलिकम ‘बी’ समूहको सहभागिता रहेको थियो। 

गत वैशाख २७ गतेदेखि सञ्चालन भएको सो अन्तर संस्थानस्तरीय हाजिरी जवाफ प्रतियोगितामा २१ वटा सार्वजनिक संस्थानका ३८ समूहले भाग लिएका थिए। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »