बाइसौँ पटक सगरमाथा चढरे शेर्पाले बनाए नयाँ कीर्तिमान

२ जेठ २०७५

banner

काठमाडौँ । नेपाली पर्वतारोही कामीरिता शेर्पाले बुधवार बिहान बाइसौँ पटक सगरमाथाको चुचुरोमा पुगेर नयाँ कीर्तिमान कायम गरेका छन्। 

अठचालीस वर्षीय शेर्पाको बाइसौँ आरोहणसँगै सर्वोच्च शिखर सगरमाथा आरोहणको इतिहासमा नयाँ कीर्तिमान स्थापित गरेको नेपाल सरकारले खटाएका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताएका हुन्।

यसअघि आप्पा शेर्पा, फुर्वाटासी शेर्पा र उनले २१ पटक सगरमाथा चढेको कीर्तिमान थियो। तर आप्पा र फुर्वाटासीले पर्वतारोहणबाट यसअघि नै अवकाश लिइसकेका छन्। श्रेष्ठका अनुसार कामीरिता अहिले तल्लो शिविरतिर ओर्लिँदै छन्।

एकै दिन ४० जना
अधिकारीहरूका अनुसार बुधवार ४० भन्दा बढी पर्वतारोहीले सगरमाथाको आरोहण गरेका छन्। योसँगै यो याममा झन्डै एक सय जना आरोहीहरू सगरमाथाको शिखर पुग्न सफल भएका छन्।

यो याममा झन्डै पाँच सय गाइड र शेर्पाहरूको सहयोगमा तीन सयभन्दा बढी पर्वतारोहीहरूले सगरमाथा आरोहणको प्रयास थालेका थिए। बीबीसी

Leave a reply

HTML Tags are not supported

Post My Comment »