रुपन्देहीमा गोली प्रहार, एक जना घाईते

२ जेठ २०७५

banner

बुटवल । रुपन्देहीको मणिग्राममा मोटरसाईकलमा आएका तीन जना अपरिचितको समुहले गोली चलाउँदा एक जना घाईते भएका छन्। 

घाईते हुनेमा स्थानीय रामकेवट धवल रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। गोली लागी घाईते भएका धवलको भैरहवा अस्पतालमा उपचार भैरहेको छ।

गोली कसले र किन हानेको हो भन्ने बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »