प्रगतिशील लेखक संघ भारतको प्रतिनिधि मण्डल प्रेस काउन्सिल नेपालको कार्यालयमा

२ जेठ २०७५

banner

काठमाडौं । राजस्थान प्रगतिशील लेखक संघको चार सदस्यीय प्रतिनिधि मण्डल नेपालमा आएको छ । बुधबार प्रेस काउन्सिल नेपालको कार्यालयमा अवलोकन भ्र्रमण सहित गरेको छ । 

सो अवसरमा आयोजित छलफल कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य सचिव तथा सूचना विभागका महानिर्देशक बालकृष्ण घिमिरेले खादा अ‍ेढाएर स्वागत गरेका छन् ।

प्रगतिशील लेखक संघ भारतको प्रतिनिधि मण्डललाई स्वागत गर्दै महानिर्देशक घिमिरेले भने, ‘आपसी सहकार्य र समन्वयबाट नै मैत्रीपूर्ण सम्वन्ध जीवन्त रहन्छ ।’

राजस्थान प्रगतिशील लेखक संघका महासचिव ईशुमधु तलवारले दुईदेशका लेखक, पत्रकारहरुवीच आपसी सम्वन्धलाई जोड दिने र यस क्षेत्रलाई थप उर्जाशील बनाउन सहयोग पुग्ने धारणा राख्दै न्यानो आतिथ्यताका लागि धन्यवाद व्यक्त गरे ।

मधेशी पत्रकार समाजका अध्यक्ष मोहन कुमार सिंहले भ्रमणदलका सदस्यहरुको संयोजन गरे । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्यहरु सुदर्शन आचार्य, गोविन्द प्रसाद चौंलागाईँ, चेतनाथ धमला, मुख्य अधिकृत झविन्द्र भुसाल लगायतको सहभागिता रहेको थियो ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »