खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको तयारी

२ जेठ २०७५
banner

काठमाडौं । सरकारले खेलकुद विश्वविद्यालय स्थापना गर्ने तयारी गरेको छ ।

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले १५ दिन भित्र खेलकुद विश्वविद्यालय स्थापनाका लागि आवश्यक प्रक्रिया अघि बढाउने बताएका छन् । 

उनले एक वर्षभित्रै हेटौडाको गौरीटारमा खेलकुद विश्वविद्यालय स्थापना गर्ने सरकारको लक्ष्य रहेको जानकारी दिए ।

बुधबार नेपाल खेलकुद विज्ञान प्रतिष्ठानद्धारा प्रकाशित स्मारिकाको विमोचन गर्दै सदस्य सचिव विष्टले भने, ‘खेलकुद क्षेत्रका विज्ञहरुलाई सरकारले विश्वविद्यालयको प्रोफेसर बन्ने अवसर प्रदान गर्न लागेको छ ।’

सदस्य सचिव विष्टले सबै प्रदेशमा खेलकुद विज्ञान प्रतिष्ठान स्थापना गर्ने योजना अघि सरेको बताए । 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll