रोनाल्डो र मेस्सीको तुलनामा आउँदिन : सला

२ जेठ २०७५
banner

एजेन्सी । लिभरपुलका स्टार मोहम्मद सलाले आफू मेस्सी र रोनाल्डोको तुलनामा नआउने बताएका छन् ।

इजिप्टका सला यस सिजनको प्रिमियर लिगमा चम्किएपछि उनको तुलना विश्व फुटबलका दुई हस्ती लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डोसँग हुँदै आएको छ । तर उनले इजिप्ट टुडेसँगको अन्तर्वार्तामा भने “म अझै रोनाल्डो र मेस्सीको तुलनामा पुगेको छैन् ।

एकै सिजनको प्रदर्शनलाई मध्यनजर गर्नु गलत हुन्छ । मेस्सी र रोनाल्डो दश वर्ष अघिपनि उत्कृष्ट थिए । उनीहरु अझै उत्कृष्ट छन् ।” उनले आफूले उत्कृष्ट खेलाडी भएको सावित गर्न आउने सिजनहरुमा पनि आफूले उत्कृष्ट प्रदर्शन गर्न सक्नुपर्ने बताएका छन् ।

त्यसका लागि आफूसँधै मिहिनेतका साथ लाग्ने पनि उनले प्रतिक्रिया जनाए । यस सिजन प्रिमियर लिगमा ३२ गोल गरेका मोहम्मद सलाले प्रिमियर लिगको गोल्डेन बुट सहित अन्य पाँच अवार्डहरु प्राप्त गरेका छन् । 
 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll