गाडी हेर्न गएका तीन बालबालिका बेपत्ता

२ जेठ २०७५

banner

रुकुम । रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा गाडी हेर्न गएका तीन बालबालिका चार दिनदेखि बेपत्ता भएका छन्। 

पुथा उत्तरगंगा–१ रन्ममैकोटका सात वर्षीय दुवै पुन, दामन पुन, छ वर्षीया सुहाना पुन र पाँच वर्षीय काले पुन गत वैशाख २९ गते स्थानीय पिपलटुङ भन्ने ठाउँमा गाडी हेर्न जाने भन्दै घरबाट निस्केका थिए। 

गाडी हेर्न गएकामध्ये पाँच वर्षीय कालेलाई स्थानीयले जङ्गलमा भेट्टाएपछि आफ्न्तलाई बुझाएका थिए। तर बाँकी तीन जना भने अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रवीणलाल श्रेष्ठले जानकारी दिए।

उनीहरु बाटो बिराएर जंगल तिर गएको हुनसक्ने प्रहरीको अनुमान छ। गाउँबाट चार घण्टा हिँडेर गाडी सञ्चालन हुने ठाउँमा पुग्न सकिन्छ। 

Leave a reply

HTML Tags are not supported

Post My Comment »

विशेष