आपराध हटाउन निर्दयी रुपमा प्रस्तुत हुने कास्की प्रहरी प्रमुखको चेतावनी

२ जेठ २०७५

banner

विजय नेपाल

पोखरा । कास्कीमा सरुवाभई आएका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले आपराधिक क्रियाकलाप उपर कानूनको कठोरतालाई आत्मसाथ गर्दै त्यस्ता गतिविधि न्यूनीकरण गर्न निर्दही रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन्।

पत्रकारसँग बुधबार अन्तक्र्रियामा बोल्दै प्रहरी उपरीक्षक रानाले गुण्डाराज अन्त्यका लागि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका प्राथमिकताको अक्षरसः पालना गर्दै आफू निर्दयी रुपमा प्रस्तुत हुने चेतावनी दिएका हुन्।

उनले आन्तरिक शुद्धिका लागि प्रविधियुक्त नागरिकमैत्री प्रहरी सेवा, ट्राफिक व्यवस्थापन, सामाजिक विकृति विसंगति  र कुसंस्कार विरुद्ध सचेतनामूलक कार्यक्रम गर्दै सामाजिक विकृति निर्मूल पार्ने दाबी गरे।

उनले विश्व समुदायको समेत नजर पर्यटकीय नगरी पोखरालाई अपराधसहित बनाउन आफू अहोरात्र तल्लिन रहने उल्लखे गर्दै घरेलु मदिरा तथा लागु औषध, यौन व्यवसाय र जुवातास नियन्त्रण, चोरी, लुटपाट, कालोबजारी न्यूनीकरणमा लागने बताए।

यस्तै छुट्टाछुट्टै स्क्वायड खडा गरी फरार अपराधि पक्राउ र कारबाही, घरेलु हिंसा, लैंगिक हिंसा, महिला बालबालिका, ज्येष्ठ नागरिक तथा असक्त व्यक्ति उपरका घटनामा संवेदनशीलता अपनाउने पनि उनको प्रतिबद्धता छ।

यसैबीच, कास्की प्रहरीले पोखराका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा गोरखा मान्वु घर भइ हाल पोखरा ६ बस्ने १९ वर्षे दीपक घले र उदयपुर घर भै हाल पोखरा १३ बस्ने ३१ वर्षे विन्दा तामाङ छन्।

लेकसाइड खहरेचोकमा वैशाख ३१ मा चेकिङ क्रममा घलेको साथबाट चोरी गरेको ल्यापटप एक थान सहित विभिन्न कमपनीका ८ थान मोवाइल, मेमोरी कार्ड, पेनड्राइभ बरामद गरिएको हो भने न्यूरोडबाट तामाङलाई चोरी गरेका विभिन्न झोलासहित १ जेठ मा पक्राउ गरिएको हो।

प्रहरीले १ जेठ मै खैरो हेरोइन सहित पोखरा १०, इन्द्रचोकबाट २ जना युवायुवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १०, घलेचोक बस्ने ४० वर्षे जूना नेपाली र पोखरा १५ बस्ने वर्ष ३० का सुवास राना छन्। शंकास्पद रुपमा हिडिरहेको अवस्थामा खानतलास गर्दा उनीहरुको साथबाट ९ पोका खैरो हेरोइन बरामद गरिएको जनाइएको छ।

यता, मिटरमा जान नमान्ने ३६ ट्याक्सीलाई एकैदिन नियन्त्रणमा लिई  जिल्ला प्रहरी कार्यालय परिसरमा राखेको छ। १ जेठ मा पोखराका मुख्य चोकमा सादा पोशाकमा गएका प्रहरीले मिटरमा जान नमान्ने ती ट्याक्सी नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी प्रमुख रानाले पक्राउ परेका ट्याक्सी र चालकको अभिलेख राखिने र पटक पटक गतिविधि दोहोरिए केही सार्वजनिक अपराध अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक कारबाही गरिने चेतावनी दिए।

यता, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक ऐनबहादुर मल्लले सो दिन ट्याक्सी सहित विभिन्न सवारी साधन कारबाहीबाट १ लाख ३४ हजार रुपैयाँ राजश्व संकलन गरिएको जनाए। उनका अनुसार पछिल्लो समय १ सय ८४ ट्याक्सी कारबाहीमा परेकोमा १ जेठ मै ३६ ट्याक्सी कारबाहीमा परेको बताए।

यता, ट्याक्सी व्यवसायी समिति पोखराका अध्यक्ष प्रकाशमणि तिवारीले सवारी यातायात व्यवस्था ऐन, २०४९ को धारा १६४ को १ (६) को आधारमा उल्लेख विपरीत ट्याक्सीमा भएको कारबाहीप्रति आपत्ति जनाए।

उनले भाडा समायोजन नभएको ५ वर्ष बितिसकेको अवस्थामा जबर्जस्त मिटरमा जानूपर्छ भन्नु घाँटी निमोठ्ने काम हो भन्दै आपत्ति जनाए।

Leave a reply

HTML Tags are not supported

Post My Comment »