एमाले र माओवादीबीच बिहीबार पार्टी एकता, केन्द्रमा चार सय ४१ सदस्य रहने

२ जेठ २०७५
banner

काठमाडौँ । सत्तारुढ एमाले र माओवादी केन्द्रबीच भोली बिहीबार पार्टी एकता हुने भएको छ। 

बुधबार अपरान्ह बसेको एमाले स्थायी समिति बैठकमा प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भोलि बिहीबार पार्टी एकता हुने सहमति गरिएको बताएका छन्।

दुई पार्टीबीच एकता हुनेगरी बिहीबार बिहान पार्टी एकता संयोजन समितिको बैठक बस्ने जानकारी पार्टी अध्यक्ष ओलीले दिएको एमाले उपाध्यक्ष बामदेव गौतमले जानकारी दिए।

बैठकमा पार्टी एकता भोलीनै गर्ने अध्यक्ष ओली र दाहालबीचको सहमतिको स्वागत गरिएको छ। पार्टी एकता घोषणा अघि दुवै दलको केन्द्रिय कमिटी बैठकले त्यसलाई अनुमोदन गर्ने कार्यक्रम पनि तय गरिएको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए।

एकीकृत पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी हुनेछ। पार्टी एकता भएपछि ४३ सदस्यीय स्थायी समिति र ४ सय ४१ सदस्यीय केन्द्रिय समिति बनाउने सहमति पनि गरिएको एमालेले जनाएको छ।

केन्द्रिय समितिमा एमालेबाट २४१ र माओवादीबाट २०० जना ल्याईने छ।

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll