नेमार मड्रिड जानुु घातक हुनेछ : मेस्सी

२ जेठ २०७५
banner

एजेन्सी । बार्सिलोनका स्टार मेस्सीले नेमार रियल मड्रिड जानु घातक हुने बताएका छन् । मेस्सीले पूर्व बार्साका खेलाडी नेमारले चिर प्रतिद्वन्द्वि मड्रिड प्रवेश गर्नु घातक हुने बताएका हुन् ।

बार्सिलोनाबाट फ्रान्सको पिएसजीमा किर्तिमानी मूल्यमा अनुबन्ध भएका नेमार पिएसजीमा खुशी नभएको खबरहरु बाहिर आएका छन् । नेमार २ सय २२ मिलियन युरोमा बार्साबाट पिएसजी अनुबन्ध भएका थिए ।

नेमारको नाम रियल मड्रिड र म्यानचेस्टर युनाइटेडसँग जोडिरहँदा मेस्सीले नेमार आफ्नो पूर्व टोलीको चिर प्रतिद्वन्द्वि मड्रिडमा जान नहुने धारणा राखेका हुन् । मेस्सीले भने “नेमारले बार्साबाट खेल्दै च्याम्पियन्स लिग, ला लिगा जित्यो, बार्सा र नेमारको सम्बन्ध प्रगाढ छ ।

तर यदि उनी बार्साको चिर प्रतिद्वन्द्वि मड्रिड गए आफूहरु स्वभावैले निराश हुनेछौं ।” यसैगरी मेस्सीले मड्रिड विश्वकै एक उत्कृष्ट टोली भएको बताउँदे नेमार मड्रिड गए फुटबलको दृष्टिकोणबाट मड्रिड अझ बलियो हुने तर्क गरेका छन् ।

नेमारले गत शुक्रबारनै आफू कुनै क्लबमा नजानेभन्दै पिएजीको नयाँ जर्सी लगाएको फोटो सार्वजनिक गरेका थिए । 
 

ताजा भिडियो

राजमार्गको दृश्य । विर्तामोड र दमकको बीचमा भएको दुर्घटना पछि क्षतबिक्षत गाडी तानिँदै ।

आँखै अगाडि यसरी जल्यो बस्ती...। इलामको माइपोखरी प्रवेशद्वार अगाडिको बजार।

संसदमा कविता माहाेल, प्रतिपक्षमाथी गर्जिए सत्तापक्षका सांसद ll Samsad Baithak ll

दोहोरी : विप्लब vs ओली ll कस्को भाषणकला कस्तो ? Biplab vs Oli ll