लाफा इन्भेष्टमेन्ट लिमिटेड नेपालले कतारमा भेटघाट कार्यक्रम गर्ने

२ जेठ २०७५

banner

कतार । ‘अर्थिक समृद्धि अहिलेको आवश्यकता, एकता र ईमान्दारिता नै हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ कतारमा भेटघाट कार्यक्रम हुँदैछ।

हङकङ, दक्षिण कोरिया, मलेसिया, कतार, दुवई, बेलायत, मकाउ, जापान, नेपाल, बरमुडा, ईजरायल, पोर्चुगल, कुवेत आदि गरेर १३ वटा भन्दा बढी देशमा कार्यरत नेपालीहरुबाट संयुक्त लगानीमा स्थापित लाफा इन्भेष्टमेन्ट लि. नेपालले कतारमा रहेको शेयर सदस्यहरु माझमा एक आपसमा परिचयात्मक तथा कम्पनीको बारेमा जानकारी गराउन यो कार्यक्रम गर्ने आयोजकले जनाएको छ ।

यसै शुक्रबार १८ मे २०१८ को दिन दिउँसो १ वजेदेखि दोहा कतारको नज्मा स्थित द गोर्खा रेष्टुरेण्टमा भेटघाट तथा परिचयात्मक कार्यक्रम राखिएको कम्पनीका कतार संयोजक महेन्द्र थापा मगरले बताए । 

लाफा इन्भेष्टमेण्ट लि. नेपाल विश्वभरी छरिएर रहेका उद्यमी, व्यवसायीहरुलाई आर्थिक रुपमा जोड्ने एउटा कम्पनी हो । जसको मुख्य कार्यालय काठमाडौमा रहेको संयोजक मगरले बताए ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »