न्युयोर्कको क्वीन्सब्रिज पार्कमा साकेला मेला सम्पन्न

२ जेठ २०७५

banner

न्युयोर्क । न्युयोर्कमा क्वीन्सब्रिज पार्कमा साकेला सम्पन्न भएको छ । किराँत राईहरूको महान् चाड साकेला आइतबार न्यू योर्कस्थित क्वीन्सब्रिज पार्कमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि गैर–आवासीय नेपाली सङ्घ अमेरिकाका न्यूयोर्क च्याप्टर अध्यक्ष रामहरी अधिकारीले साकेला विशिष्ट चाड भएको बताए ।

साकेला किराँत राई सोसाइटी अफ अमेरिका (केआरएसए) को न्यूयोर्क च्याप्टरले आयोजना गरेको हो । कार्यक्रमको संयोजन च्याप्टरकी महासचिव निला राईले बताइन ।

न्यूयोर्क च्याप्टरले हरेक वर्ष उभौली मनाउँछ । प्रवासमा रहेर राई संस्कृति प्रवर्द्धन गर्ने उदेश्यले डेढ दशकभन्दा लामो समयदेखि न्यूयोर्कमा साकेला मनाउँदै आएको केआरएसए न्यू योर्क च्याप्टर अध्यक्ष भारती राईले बताइन् ।

कार्यक्रममा सांस्कृतिक नृत्य साकेलाका अतिरिक्त बालबालिकाका लागि चित्रकला लगायतका मनोरञ्जनात्मक आयोजना गरिएको थियो । उभौली र उधौली गरी साकेला वर्षको दुई पटक मनाइन्छ ।

उभौली गर्मी लाग्दै गर्दा र उधौली जाडो लाग्दै गर्दा मनाइन्छ । मौसम परिवर्तनसँगै गर्मी छल्न पहाडतिर उक्लने र जाडो छल्न तराईतिर झर्ने अभ्याससँग साकेला जोडिएको छ ।

Leave a reply

HTML Tags are not supported

Post My Comment »